coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तेस्रो कार्यकालका लागि केजरीवालले लिए शपथ

नयाँ दिल्ली – आम आदमी पार्टी (आप)का नेता अरविन्द केजरीवालले आइतबार तेस्रो पटक दिल्लीको मुख्यमन्त्रीका रूपमा सपथ लिएका छन्।

दिल्लीको रामलीला मैदानमा आयोजित सार्वजनिक कार्यक्रममा भ्रष्टचारविरोधी नेता केजरीवालले पद तथा गोपनियताको शपथ लिएका हुन्। उनलाई दिल्लीका उपराज्यपाल अनिल बैजलले सपथ ग्रहण गराएका हुन्। आपले शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो गरेको थियो। तर, उनी व्यस्तताका कारण समारोहमा उपस्थित हुन नसकेको बताइएको छ। प्रधानमन्त्री मोदी आफ्नो संसदीय क्षेत्र वाराणसी पुगेका थिए।

शपथ ग्रहणमा अन्य राज्यका मुख्यमन्त्रीलाई भने निम्तो नपठाइएको आपले जनाएको छ। समारोहमा दिल्लीका सात सांसद, सबै निगम पार्सदहरू, भारतीय जनता पार्टी (भाजपा) र भारतीय कंग्रेसका प्रदेश अध्यक्षलाई आमन्त्रण गरिएको थियो।  शपथ ग्रहण समारोहमा ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएका थिए। केजरीवालले उपस्थित हुन अपिल गरेपछि शपथ ग्रहण समारोहमा सर्वसाधारणको घुइँचो लागेको हो। शपथ ग्रहणपछि मुख्यमन्त्री केजरीवालले आफूलाई फेरि जिम्मेवारी दिएको भन्दै मतदाता तथा शुभेच्छुकलाई धन्यवाद दिएका छन्।

यसैबीच, प्रतिपक्षी नेताले दिल्लीमा केही निःशुल्क सेवा उपलब्ध गराइएको भन्दै गरेको आलोचनाप्रति टिप्पणी गर्दै उनले त्यसलाई दिल्लीवासीलाई दिएको मायाको उपहार भएको बताए। दिल्लीमा महिलालाई निःशुल्क बिजुली, पानी र बस सवारीबारे विपक्षीद्वारा उठाइएका प्रश्नप्रति उनले भने, ‘दिल्लीका नागरिकले आम आदमी पार्टी (आप) लाई गरेको प्रेमको बदलामा ती सुविधा दिइएको हो।’ उनले भने, ‘केही व्यक्ति भन्छन् कि केजरीवालले सबै चीज निःशुल्क दिइरहेछन्। प्रकृतिले विश्वका सबै बहुमूल्य चीजहरू निःशुल्क दिएको छ। आमाको प्रेम होस् वा बुबाको आशीर्वाद होस् अथवा श्रवणकुमारको समर्पण सबै निःशुल्क थिए। केजरीवालले आफ्ना नागरिकलाई माया गर्छन्, त्यसैले केही सेवा निः शुल्क उपलब्ध गराइएको हो।’

फेब्रुअरी ८ मा भएको दिल्ली विधानसभा चुनावको नतिजामा आपले ६२ सिट र भारतीय जनता पार्टी (भाजपा)ले आठ सिट जितेको थियो। सन् २०१५ जस्तै कांग्रेसले यो चुनावमा पनि खाता खोल्न सकेन। अरविन्द केजरीवालले सन् २०१३ मा कंग्रेसको समर्थनमा ४९ दिन सत्तामा रहेपछि राजीनामा दिएका थिए। त्यसपछि सन् २०१५ मा भएको चुनावमा आपले ६७ र भाजपाले ३ सिट जितेको थियो।

प्रकाशित: ५ फाल्गुन २०७६ ०२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App