८ वैशाख २०८१ शनिबार
समाज

वन रक्षक गणेश शाहीको हत्या

ताप्लेजुुङ–जिल्ला वन कार्यालय अन्तर्गत ताप्लेजुङको खोक्लिङ रेञ्जपोष्टमा कार्यरत वन रक्षक गणेश शाहीको निर्मममतापूर्वक हत्या भएको छ । जाजरकोट घर भई बिगत डेढ बर्षदेखि खोक्लिङ रेञ्जपोष्टमा कार्यरत वन रक्षक शाहीको आइतबार बिहान हत्या भएको हो।

खोक्लिङको ओइराखुस्थित जंगलमा सामुूदायिक वनको लगत सर्वेक्षणको क्रममा स्थानीय सविन लिम्बूले खुकुुरी प्रहार गरेको हत्या गरेको प्रारम्भिक जानकारी आफूलाई आएको जिल्ला प्रहरी कार्यालय,ताप्लेजुङका प्रहरी प्रमुख, डिएसपी रामबहादुर केसीले जानकारी दिए। स्थानीयले शाहीको घाँटीमा धारिलो हतियार प्रहार भई घाँटी र शरीर छिनेको अवस्थामा रहेको जानकारी दिएपनि प्रहरीले सबै बिवरण आई नसकेको बताएको छ ।

जिल्ला वन कार्यालय ताप्लेजुङका निमित्त प्रमुुख दानबहादुर श्रेष्ठले वन रक्षक सुरेन्द्र कार्की सहितको टोली सर्बेक्षणका क्रममा परिचालन भएकोमा शाहीको हत्या भएको र कार्की भागेर वन कार्यालयको सम्पर्कमा आएको जानकारी दिए । उनले खोक्लिङ रेञ्जपोष्टका इञ्चार्ज सुमेश्वरकुमार दासको नेतृत्वमा घटनाको जानकारी लिन टोली परिचालन भएको जानकारी दिए ।

प्रकाशित: १७ पुस २०७३ ०८:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App