coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मनाङविरुद्ध आयोजककाे जित

बलका लागि प्रतिस्पर्धा गर्दे खेलाडी । तस्बिर : नागरिक

दमक - झापाको झिलझिलेमा भएको तेस्रो सताक्षी गोल्डकपको उद्घाटन खेलमा आयोजक सताक्षीधाम स्पोर्टिङ क्लब विजयी भएको छ।

शिवसताक्षीस्थित झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको मैदानमा आइतबार भएको प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा आयोजक सताक्षीधाम स्पोर्टिङ क्लबले पाहुना टोली मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आयोजकले घरेलु मैदान र दर्शकको साथ पाए पनि खेल आफ्नो पक्षमा पार्न संघर्षपूर्ण खेल्नु परेको थियो। मनाङले पाएको धेरै राम्रो अवसर सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपर्‍यो।

खेलको एकमात्र निर्णायक गोल आयोजकका मनीष थापाले गर्दै म्यान अफ दी म्याचको पुरस्कार नगद १० हजार रुपैयाँ जिते। खेलको ५०औं मिनेटमा आयोजकका मनीष थापाले पहिलो गर्दै खेलमा खाता खोलेका थिए। आशिष राईको क्रस पासलाई थापाले सदुपयोग गर्दै बललाई जाली चुमाए। यसअघि खेलको १९औं मिनेटमा थापाको प्रहार बाहिरिएको थियो।

प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मच्छिन्द्र फुटबल क्लब, गोर्खा ब्वाइज फुटबल क्लब, बेलबारी फुटबल क्लब मोरङ, आयोजक टिम र भारत दार्जिलिङको एमएफसीले भाग लिएका छन्। प्रतियोगिताका विजेताले नगद ६ लाख रुपैयाँ र  उपविजेताले नगद ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित: ५ फाल्गुन २०७६ ०१:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App