coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

खेतमा उत्पादित आलु भन्सार पठाएपछि किसानहरु आन्दोलनमा

खेतबाट उत्पादन आलुलाई नियन्त्रणमा लिएर वीरगन्ज भन्सर बुझाउने कार्यमा संलग्न रहेकालाई कारबाहीको माग गर्दै कलैयामा किसानहरुले गरेको प्रदर्शन ।

बारा- खेतमा उत्पादन गरिएको आलु बिक्री गर्न लैजादै गर्दा सशस्त्र प्रहरी बल, राजश्व सुरक्षा गुल्म १४ पर्साले वीरगन्ज भन्सारमा बुझाएको बिरोधमा किसानहरुले कलैयामा आइतबार प्रदर्शन गरेका छन्।

पचरौता नगरपालिका र आदर्श कोत्वाल गाउँपालिकाका किसानहरुले खेतमा उत्पादन गरेका आलु बिक्री गर्न पाँचवटा टेलरमा लोड गरि कलैया तर्फ ल्याउँदै गर्दा सशस्त्र प्रहरी नायब उपरीक्षक कमलबहादुर खत्री नेतृत्वको टोलीले पक्राउ गरि वीरगन्ज भन्सारमा शुक्रबार बिहानै बुझाए थियो।

सशस्त्र प्रहरी नायव उपरीक्षक खत्री नेतृत्वको टोलीले किसानहरुको आलु नियन्त्रणमा लिएर वीरगन्ज भन्सारमा बुझाएको बिरोधमा शुक्रबारै राजनीतिक दल र किसानहरुले बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेललाई भेटेर आलु फिर्ता गराउन माग गरेका थिए।

ट्याक्टरसहित आलु फिर्ता नगरिएपछि किसानहरुले आइतबार पुनः प्रजिय पोखरेललाई खेतबाट उत्पादन आलु नियन्त्रणमा लिएर किसानहरुलाई दुःख दिने खत्री नेतृत्वको टोलीलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गर्नुको साथै कलैयामा समेत बिरोध प्रदर्शन गरेका छन्।

प्रभु पटेलको नेतृत्वमा सुरु गरिएको बिरोध प्रर्दनमा प्रतिनिधि सभा सदस्य रामसहायक यादव, प्रदेश साभा सदस्य , बच्चाप्रसाद यादव, पूर्व जिल्ला विकास सभापति छठुप्रसाद यादव, नेपाली काँग्रेसका किशोरी यादव, राजपका महामन्त्री जितेन्द्र सिँह, श्याम गुप्ता लगाएतकाको सहभागिता रहेको थियो।

किसानले खेतमा उत्पाद गरेको आलुहरुलाई बिक्री गर्न कलैया तर्फ ल्याउँदै गरेको अवस्थामा महागढीमाई नगरपालिका १ बरियापुर चोकमा त्यसलाई रोकी टेक्टर चालकसँग १० हजार अबैध रकम माग गरिएको अन्दोलकको नेतृत्वक गरेका मध्येका एक छठुप्रसाद यादवले बताए।

पूर्व जिल्ला विकास सभापति समेत रहेका यादवले घुस रकम नदिएकै कारणले किसानले खेतमा उत्पाद गरेको आलुलाई नियन्त्रणमा लिएर भन्सार पठाउनु कार्य असहय भएको बताए।

भन्सार पठाइएको आलु उत्पादन कार्यमा किसानहरुले तीन महिनासम्म पसिना बगाउनुको साथै मल, बिउ र खेत जोताईमा लगानी समेत डुब्ने अवस्थाले किसानहरु आर्थिक मारमा पर्ने अवस्था आएकोले आन्दोलन गर्न बाध्य बनाइएको यादवले बताए।

यस कार्यमा संलग्न रहेकालाई कारबाही नगरि भोलिका दिनमा  किसानहरुले खेतमा उत्पादन गरेका खाद्यान्य बास्तुहरुमा समेत प्रहरी प्रशासनलाई घुस दिएर व्यपारीलाई बिक्री गर्नुपर्ने अवस्था आउने डर समेत रहेको यादवले बताए।

पाँचवटा ट्याक्टरमा गरेर लगभग पाँच सय बोरा आलु तीन सय क्विन्टर रहेको बताइएको छ। बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले किसानहरुले कलैया तर्फ बिक्री गर्न ल्याई रहेको आलुलाई वीरगन्ज भन्सारबाट खटेका सशस्त्र प्रहरी नायब उपरीक्ष खत्री नेतृत्वको टोलीले त्यसलाई नियन्त्रणमा लिन नहुने बताए।

अहिले आलु उत्पादनको सिजन गरेको कुरालाई समेत बिचार नपुरयाएर अनावश्यक बिवाद उत्पन्न गराउने कार्य मात्र भएको पोखरेलको भनाई छ।

शुक्रबारदेखि नै वीरगन्ज भन्सारको जिम्मा लयाइएको आलुलाई छुटाउन प्रयास गरिए पनि भन्सारमा बुझाएको आलु छुटाउनमा कानुनी जटिल्टा देखिएकोले पोखरेलले बताए।

 

प्रकाशित: ४ फाल्गुन २०७६ १४:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App