४ वैशाख २०८१ मंगलबार
अर्थ

एकैदिनमा ७५ हजारले गरे अवलोकन

काठमाडौं – काठमाडौंमा जारी क्यान इन्फोटेक एकै दिन करिब ७५ हजारले अवलोकन गरेका छन्। शुक्रबारदेखि सुरु भएको क्यान इन्फोटेमा शनिबार ७५ हजारले अवलोकन गरेको क्यान महासंघका महासचिव नारायण थापाले बताए। उनका अनुसार बिदा भएकाले पनि शनिबार अवलोकनकर्ताको संख्या बढेको हो। मेलाको पहिलो दिन आइतबार करिब ३५ हजारले अवलोकन गरेका बताउँदै महासचिव थापाले बुधबारसम्म हुने मेला ४ लाखले अवलोकन गर्नेे अनुमान सुनाए।

शनिबार क्यान इन्फोटेकमा अवलोकनकर्तालाई लक्ष्य गरी विभिन्न ब्रान्डले छुट र अफरको घोषणा गरेकाले त्यस्ता स्टलमा अवलोकनकर्ताको भीड लागेको थापाको भनाइ छ। यो वर्षको क्यान इन्फोटकमा स्टार्टअप र इन्नोभेसनलाई विशेष महत्व दिइएकोे आयोजक संंस्थाले जनाएको छ। स्टार्टअप र नविन प्रविधिमा आधारित व्यवसायलाई प्रवद्र्धन गर्न भन्दै क्यानले सार्वजनिक सूचना निकालेर तथा विभिन्न विश्वविद्यालय र कलेजमा पत्राचार गर्दै विशेक्षस्टल उपलब्ध गराउने जानकारी गराएको महासचिव थापाले बताए। अन्य स्टलको तुलनामा स्टार्टअप र इन्नोभेसनका स्टलमा अवलोकनकर्ताको संख्या कम भए पनि अवलोकनकर्ताको लागि जानकारीमूलक भएको उनले बताए।

‘प्रदर्शनीमा विशेषगरी विद्यालय व्यवस्थापनसम्बन्धी सेवा दिने स्टार्टअप, टिकेटिङ तथा युटिलिटी पेमेन्ट, रगत संकलनमा सहयोग गर्ने जस्ता इन्नोभेटिभ आइडियाहरु प्रदर्शनीमा राखिएका छन्,’ महासचिव थापाले भने, ‘प्रदर्शनीमा  स्मार्ट घर एप, ई–वेस्ट कलेक्सन, मेरो यात्रा, फाइनान्सियल नोटिसेस, सोसाइटी डेभलपमेनट डट ओआरजी, स्मार्ट केयर डटकम, काठमाडौं अग्र्यानिक्स, सजिलो मर्मत सेवा, स्किल सेवा, इ–टिकेट नेपाल, सर्वनाम सफ्टवेयर, भेदा, हाम्रो लाइफ बैंक, डिजिटल नेपालजस्ता स्टार्टअपको स्टल छन्।’ आयोजक संस्थाका अनुसार क्यान इन्फोटकमा स्टार्टअप र इन्नोभेसन पभेलियनमा २० वटा स्टल राखिएका छन्। ‘स्टार्टअप तथा इनोभेसनसम्बन्धी हामीकहाँ राम्रो ज्ञान छैन। यसकारण अन्य स्टलको तुलनामा यी स्टलमा अवलोकनकर्ताको संख्या कम छ, रुचि हुनेहरुले भने यस्ता स्टलमा गएर नविन उत्पादन र सेवाबारे जानकारी लिइरहेका छन्।’ महासचिव थापाले भने।

आगामी बुधबारसम्म चल्ने मेला चार लाख हाराहारीले अवलोकन गर्नेे आयाेजककाे अनुमान

स्टार्टअप र इन्नोभेसनलाई प्रवद्र्धन गर्न क्यान इन्फोटेकमा यस्ता स्टललाई प्राथमिकता दिइएको क्यान महासंघले बताएको छ। क्यान इन्फोटेकको दोस्रो दिन प्रयोगकर्ताले विशेषगरी विभिन्न ब्रान्डका स्टलमा रुचि देखाएको जनायो। केही मोबाइल ब्रान्डले मेलाको क्रममा ५० प्रतिशतसम्म छुट दिइरहेका भन्दै क्यान महासंघले  छुट र अफर घोषणा गरिएका स्टलमा प्रयोगकर्ताको रुचि बढी देखिएको बतायो। यो वर्षको क्यान इन्फोटेकमा साइबर सुरक्षासम्बन्धी सर्भे पनि गरिएको आयोजकले भनाइ छ। क्यान महासंघले सेन्टर फर साइबर सेक्युरिटी रिचर्स एन्ड इन्नोभेसन काठमाडौंसँगको सहकार्यमा साइबर सुरक्षासम्बन्धी सर्भेतथा अनुसन्धान गरिरहेको हो। इन्फोटेकमा स्टल राखेर अवलोकनकर्तामाझ साइबर सुरक्षासम्बन्धी ज्ञानको विषयमा अनुसन्धान गरिएको महासचिव थापाले स्पष्ट पारे।

अनलाइन गेमको प्रतिस्पर्धा
क्यान इन्फोटेकको क्रममा शनिबार इन्टरनेटमा आधारित खेल ई–स्पोर्टसको विभिन्न विधामा प्रतिस्पर्धा भएको छ। ओसिएन कम्युटर प्रालिले अनलाइनमार्फत प्रतिस्पर्धा गराएको हो। एमएसआई ई–स्पोर्ट च्याम्पियनसिप २०२० नाम दिएर प्रतियोगिता गराइएको महासचिव थापाले बताए। च्याम्पियनसिपमा दोटा टु र सिएसओ गेमको प्रतिस्पर्धा गराइएको र दुवै खेलमा विजेतालाई २५ हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था रहेको उनको भनाइ छ। दुवै गेममा ८–८ वटा टोलीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: ४ फाल्गुन २०७६ ०१:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App