७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अन्तरजातीय भिडन्तका क्रममा मालीमा ४० को मृत्यु

बामाको- मालीको मध्य क्षेत्रमा भएको आक्रमणमा परी ४० जनाको मृत्यु भएको छ।

अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार मृत्यु हुनेमा नौ जना सैनिक जवान पनि रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको अधिकारीले बताएका छन्।  

द्वन्द्वग्रस्त यस क्षेत्रमा भएको अन्तरजातीय भिडन्तका क्रममा उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरुको भनाई छ।

ओगोसागोमा रातभरीमा भएको आक्रमणको घटनामा परी सुरुमा ३१ जनाको मृत्यु भएको थियो।  
गत मार्चमा भएको फुलानी समुदायको यस्तै आक्रमणमा परी १६० को मृत्यु भएको थियो। सरकारी अधिकारीहरुले मृत्यु हुनेको संख्या अझ धेरै हुन सक्ने बताएका छन्। एएफपी

 

प्रकाशित: ३ फाल्गुन २०७६ १२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App