४ वैशाख २०८१ मंगलबार
राजनीति

परिवर्तन संस्थागत गर्न गुट होइन पार्टी बनाऔं : भरत बुढा

बाजुरा- नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बाजुराका सचिव भरत बुढाले देशले प्राप्त गरेको ऐतिहासिक परिवर्तनको संस्थागत गर्न पार्टी बलियो बनाउनु पर्ने धारणा राखेका छन्। संघीयता, लोकतन्त्र र प्राप्त नागरिक अधिकारलाई संस्थागत रुपमा स्थापित गर्न पार्टीभित्रका सबै प्रकारका गुटको अन्त्य आवश्यक रहेको बताएका छन्।

नेकपा बाजुराले पार्टी कार्यालयमा आयोजना गरेको २५ औं जनआन्दोलन तथा जनयुद्ध दिवसमा थापाले शहिदका सपना पूरा गर्न व्यक्तिगत चाहना त्याग्न सुझाव दिएका छन्। पार्टीभित्रको गुटबन्दी तर्फ संकेत गर्दै बुढाले बुलेट र व्यालेटबाट सत्ताप्राप्त गर्ने लक्ष्यमा हिँडेका पार्टीका समानता र भिन्नता धेरै भएपनि एकतापछि त्यो भावना त्याग्न पर्ने बताएका छन्।

जनयुद्ध रहरले गरेको नभई जनताको न्याय र अधिकारका लागि गरिएको बलिदानी भएको बताएका छन्। युद्धकालिन अवस्थालाई स्मरण गर्दै बुढाले सामाजिक न्यायसहितको समाजवाद निर्माण सबैको एकता र सहकार्य र सामूहिकताले मात्र संभव हुने बताएका छन्।

कार्यक्रममा नेकपा पार्टी कार्यालय सदस्य गगन रावलले प्राप्त उपलब्धि मास्ने षड्यन्त्र भइरहेको बताएका छन्। क्रान्तिका उपलब्धिलाई प्रतिक्रियावादीले मास्न खोजिरहेकोले त्यसमा सबैले सचेत हुन जरुरी रहेको बताए। नेकपाका अर्का कार्यालय सदस्य अर्जुन बुढाले सामाजिक न्याय र समतामूलक समाज निर्माण नभएसम्म शहिदले देखेका सपना पूरा नहुने बताएका छन्। बलिदानीबाट प्राप्त उपलब्धिलाई स्थापित गर्नुको विकल्प नरहेको बताए।

दिवसमा जनआन्दोलन र जनयुद्धका पहिलो शहिद दिलबहादुर रम्तेलको फोटोमा श्रद्धाञ्जली अर्पण गरिएको छ। पार्टी सचिव भरत बुढा, कार्यालय सदस्य गगन रावल, भरत बुढा, नेकपा जिल्ला कमिटी सदस्य अमर खड्का, काशी विक, मनबहादुर विक, विनोदकुमार विक, गोरख सार्की, नन्दराम पण्डित, लक्ष्मी विक, राजेन्द्र विक, वीरबहादुर रावलसहित श्रद्धाञ्जली सभामा सहभागी थिए। पार्टी एकतापछि पूर्व एमाले निकट जिल्ला तहका नेताहरु जनयुद्ध दिवसमा पहिलो पटक सहभगी भएका हुन्।  

प्रकाशित: ३ फाल्गुन २०७६ ११:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App