८ वैशाख २०८१ शनिबार
समाज

सेना दिवसका अवसरमा सप्ताहब्यापी कार्यक्रम

जुम्ला- महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेना श्री नं. बाहिनी अड्डाले सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ। पहिलो दिन देवलकृति दौड, तानडोरी र साँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो। देवलकृति दौडमा नं. २४ बाहिनी अड्डा, श्री नं. २४ सिग्न र नन्दबक्स गण डिउटले भाग लिएका थिए। देवलकृति दौड चार माइल दुरीको थियो।

जसमा श्री नं. २४ बाहिनी अड्डा समूहले १२ दशमलव १ अंकका साथ प्रथम स्थान हासिल गर्‍यो। श्री नन्दक्स गण १५ दशमलव २ अंकका साथ द्धितिय र श्री नं. २४ सिग्नल समूह १९ दशमलव २ अंकका साथ तृतिय भएको थियो। हरेक समूहमा दस/दस जना खेलाडी गरेर ३० जना खेलाडी दौडमा सहभागी थिए। दौड प्रतियोगितामा हरेक समूहमा एक/एक जना महिला सहभागी थिए।

दौडमा प्रथम हुने समूहलाई रनिङशिल्ड तथा विजयी सहभागीलाई गोल्डमेडल र प्रमाण पत्र प्रदान गरिएको छ। प्रथम हुने व्यक्तिलाई पनि गोल्डमेडल र प्रमाणपत्र दिइएको छ। यसैगरी तानडोरीमा बाहिनी समूह र अटयाच समूहबीच भएको प्रतिस्पर्धामा अटयाच समूह प्रथम भयो भने बाहिनी समूह द्धितिय भएको थियो।    

बाहिनी अड्डाका अनुसार फागुन ४ गते व्यारेक पेरिमिटर सरसफाइ कार्यक्रम, फागुन ५ गते, चन्दननाथ मन्दिर सरसफाइ कार्यक्रम, फागुन ६ गते शारीरिक तन्दुरुस्ती प्रतियोगिता  र इतिहासविद्बाट नेपाली सेनाको इतिहास सम्बन्धि जानकारी गराइनेछ।

यसैगरी फागुन ८ गते राष्टसेवक टिम र जिल्लाबासी टिमबीच मेत्रीपूर्ण फुटबल कार्यक्रम र बडाखाना गरिने छ। फागुन ९ गते वीर जवानहरुलाई रिथ लेयिग, सकलदर्जालाई संवोधन र पुरस्कार प्रदान कार्यक्रमको आयोजना गरिनेछ। विक्रम सम्वत २०४६ सालदेखि महाशिवरात्रिलाई २ सय ५० वर्ष भन्दाअघिदेखि सेना दिवसका रुपमा मनाउँदै आएको छ।

कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। नेपाली सेनाले विकास निर्माण, खेलकुद, विपद व्यवस्थापन र प्रकृति संरक्षणमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको बाहिनीपति दिपक बाँनियाले जानकारी दिए। उनका अनुसार एक सिपाही एक विरुवा कार्यक्रम अन्र्तगत सेनाका विभिन्न युनिटमा गरेर १७ सय भन्दा बढि प्रजातिका बोटविरुवा रोपिएको थियो।

सेना दिवसका अवसरमा बाहिनी अड्डाको खाली जमिनमा स्याउका विरुवा रोपिएको छ। पहिलो दिनको कार्यक्रममा जनप्रतिनिधि, सरकारी तथा गैरसकारी निकायका प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवि र सञ्चारकर्मीको सहभागिता रहेको थियो।

 

प्रकाशित: ३ फाल्गुन २०७६ ०९:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App