अवैध काठ ओसारपसारमा संलग्न दुई पक्राउ

शनिबार, ०३ फागुन २०७६, १२ : ५८ नागरिक

काठमाडाैँ - डिभिजन वन कार्यालय नुवाकोटले अवैधरुपमा लैजान लागेको एक गाडी काठसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

विदुर नगरपालिका–१३ को आमथाङबाट विदुर–८ राइसिंहतर्फ ल्याउँदै गरेको ४६ गोलिया काठ बोकेको बा ५ ख १५६७ नंं को मिनीट्रकसहित त्यसका चालक र धनीलाई प्रहरीको सहयोगमा वन कार्यालयले शुक्रबार नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सो ट्रकका चालक विदुर–१२ का २३ वर्षीय शुक्रमान तामाङ र गाडी धनी २५ वर्षीय अमृत थापा रहेको वन कार्यालयले जनाएको छ।

पक्राउ परेका दुबै जनालाई आवश्यक कानूनी कारवाहीका लागि अनुसन्धान गर्न जिल्ला वन कार्यालय नुवाकोटले ‘वन ऐन’ अनुसार जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर हिरासतमा राखी अनुसन्धान अघि बढाएको वन कार्यालयका प्रमुख जयमङ्गल प्रसादले जानकारी दिए।

उनका अनुसार बरामद भएका ४१ गोलिया सालको काठ र पाँच गोलिया चिलाउनेको काठको परिणाम निकाल्न बाँकी छ। अहिले बरामद काठ १०० क्युफिट रहेको अनुमान गरिएको र ल्याउन बाँकी रहेको काठको समेत खोजी भइरहेकाले परिणाम यकिन भन्न नसकिने उनले बताए।

काठको व्यावसायिक कटान, सङ्कलन, ओसारपसारको लागि वन कार्यालयको अनुमति अनिवार्य भए पनि त्यसको उल्लङ्घन गरेकाले ओसारपसार भएको काठ अवैध मानिएको छ। कटान भएर ल्याउन बाँकी रहेको काठ र  त्यसमा संलग्न अन्य व्यक्तिको वन कार्यालय र प्रहरीले खोजी गरिरहेको बताइएको छ।





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad