coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सहअस्तित्व, समन्वय र सहकार्यको मर्मलाइ तीन वटै सरकारले आत्मसाथ गर्नुपर्छः मुख्यमन्त्री पोखरेल

बुटवल — प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले संविधानले परिकल्पना गरेको सहअस्तित्व, समन्वय र सहकार्यको मर्मलाइ तीन तहकै सरकारले आत्मसाथ गरेर अगाडि बढनु पर्ने बताएका छन्। प्रदेश स्थापना दिवशको सुभकामना दिदै मुख्यमन्त्री पोखरेलले संघीयताको व्यवहारिक कार्यान्वयनलाइ सार्थक बनाउन तीन वटै सरकार बिच बुझाइमा एकरुपता, आपसी सामञ्जस्यता र सहकार्य आवश्यक रहेको बताएका हुन्।  शनिबार सुभकामना शन्देश जारी गर्दै मुख्यमन्त्रीले संविधानको मर्मलाई आत्मसाथ गर्दै संघीयताको व्यवहारिक कार्यान्वन गर्न सबैको सार्थक पहल आवस्यक भएको पनि बताए।

आम नागरिकको विकास र समृद्धिको आँकाक्षालाई पुरा गर्न प्रदेस सरकारले संघीयताको व्यवहारिक कार्यान्वयनमै जोड दिएको भन्दै मुख्यमन्त्रीले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य अनुरुप सरकार अगाडि बढेको दावी गरे। सुन्यबाट सुरु भएको प्रदेश सरकारले दुइ वर्षमा आधारभुत रुपमा अघि बढने संरचना खडा गरिसकेको भन्दै उनले  अव जनताले विकास र समृद्धिको अनुभूति गर्ने बताए।

प्रदेशको आवधिक योजना तयार भइसकेको, आधारभुत कानुन निर्माण, कर्मचारी संमायोजन, प्रशासनिक संरचना तयार गरी विकासको यात्रामा प्रदेश सरकार अगाडी बढीसकेको मुख्य मन्त्रीले बताए। संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणाली मात्रै नभइ आम नागरिकको जीवन पद्यतीकै रुपमा स्थापित गर्नु पर्ने भन्दै त्यस दिसा तर्फ प्रदेस सरकार अगाडी बढिसकेको मुख्यमन्त्रीले बताएका छन्।

प्रकाशित: ३ फाल्गुन २०७६ ०६:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App