कथा

विवेकको जिज्ञासा

शनिबार, ०३ फागुन २०७६, ०९ : ०९ नागरिक

लक्ष्मी उप्रेती

– बाबू, जुत्ता लगाएर भित्र जानु हुन्न। बाहिरै खोल है ।
– आमा यहाँभित्र जाँदा किन जुत्ता लगाउनु हुन्न ?
– यो मन्दिर हो नि। मन्दिरभित्र कहिल्यै जुत्ता लगाएर जानु हुन्न नि।
– मन्दिर भनेको के हो र आमा ?
– मन्दिर भनेको भगवान् बस्ने घर हो बाबू ।
– आहा, भगवान्को घरमा कति धेरै मानिस आएका। भगवान्सँग खेल्नु हुन्छ आमा ?
– हुँदैन ।
– जुत्ता पनि लगाउन नहुने, नखेल्ने पनि, मलाई त यस्तो भगवान् मन पर्दैन ।
– छोरा, भगवान्लाई त्यसो नभन, पाप लाग्छ ।
– पाप लाग्दा के हुन्छ आमा ?
– पाप लाग्दा दुःख हुन्छ, हानि हुन्छ। त्यस्तो कुरा बोल्नु हुँदैन बाबू। पहिले जुत्ता खोलेर भित्र भगवान्लाई पूजा गर्न जाऊँ, हिँड। पूजा गरेर बाहिर आएपछि कुरा गरौंला नि।

सुशीलाले ५ बर्से छोरो विवेकलाई फकाइन्। त्यसपछि उसले मन नलाईनलाई जुत्ता खोल्यो र  आमाको पछिपछि मन्दिरभित्र पस्यो। पूजा सकेर मन्दिर बाहिर निस्किए। सुशीलासँग छोराको प्रश्नको जवाफ थिएन। त्यसैले छोरालाई केही किनेर अलमल्याउन खोजिन्। विवेक सामानमा नलोभिई आफ्नो जिज्ञासाको पछि लाग्यो। अब भने छोरालाई कसरी सम्झाउने भनेर सुशीलालाई आपत् पर्‍यो। मन्दिरबाट बाहिर निस्कदा उनले छिमेक घरकी छोरी रूपालाई देखिन्। रूपा दिदी भन्दै विवेक उनीसँग झ्यामिन्छ। त्यसैले आमालाई तान्दै उनी छेवैमा गयो र उसैले सोध्यो, ‘दिदी, मन्दिरभित्र जुत्ता लगाएर जानु हुँदैन रे हो ?’

सुशीलाले मन्दिरमा छोरासित भएको सबै कुरा सुनाइन्। रूपाले सुशीला र विवेकका कुरा सुनिन्। एकछिनपछि रूपाले मायालु स्वरमा भनिन्,  ‘बाबू, हामी जुत्ता लगाएर  चारैतिर हिँड्छौं र फोहोर टेक्छौं, हैन त !’
जिज्ञासु विवेकले मुन्टो हल्ल्याउँदै भन्यो, ‘हो नि दिदी ।’
विवेकको मनोभाव बुझ्दै रूपाले भनिन् ‘हो, त्यसो हो भने जुत्तामा किटाणुहरू टाँसिन्छन्। ती किटाणु रोग सार्ने किटाणु हुन्। रोग लाग्यो भने नराम्रो हुन्छ, दुख हुन्छ । रोग लाग्दा कसैलाई पनि फाइदा हुन्न। हैन त ?’
 विवेकले खुसी हुँदै भन्यो, ‘हजुर, हो नि दिदी ।

  – बाहिर हिँड्दा लगाएको जुत्ता त घरभित्र पनि लानु राम्रो होइन। मेरो घरभित्र पनि जुत्ता खोलेर मात्र जान्छौं नि,  हैन त। त्यस्तै मन्दिरभित्र जाँदा पनि जुत्ता लगाउनु हुँदैन। बुझ्यौैं नि विवेक !
– बुझे रूपा दिदी ।
विवेक खुसी भयो। सुशीला पनि ढुक्क भइन्। त्यसपछि आमाछोरा रमाउँदै घर आए।





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad