४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

एचआइभीविरुद्धको खोप बन्दै

एचआइभी भाइरस, जसले एड्ससम्मको स्थितिमा पु-याउँछ। यो भाइरसविरुद्ध खोप छिट्टै आउने आशा एउटा प्रयोगबाट गरिएको छ। नेसनल इन्स्टिच्युट अफ हेल्थबाट ‘एचभिटिएन ७०२’ परीक्षण भइसकेको छ। इन्स्टिच्युटले दक्षिण अफ्रिकाका ५ हजारभन्दा बढीमा यो परीक्षण गरेको थियो। विज्ञहरू भन्छन्, ‘गहिरो निराशा थियो, तर सुरक्षित खोपको खोजी निरन्तर जारी राखिने छ। यस्तो खोपले एचआइभी भाइरसलाई भित्र पस्न दिँदैन। यसकारण कुनै पनि व्यक्तिलाई एचआइभी प्रवेश हुने खतरा पनि हुँदैन। उनीहरूका अनुसार हजारौं मानिस एचआइभीबाट बच्नेछन् र नयाँ एन्टिबडीको आक्रमण ९९ प्रतिशत रोकिनेछ।

ज्याब पहिलो एचआइभीविरुद्धको खोप निकाल्ने पहिलो व्यक्ति थिए। यो भाइरसविरुद्धको पहिलो खोप आरभी १४४ थाइल्यान्डमा क्लिनिकल अभ्यास गरिएको थियो। अन्य एचआइभीविरुद्धको खोप दक्षिण अफ्रिकामा गरिएको थियो। जसको मूल्यदर विश्वमै अत्यन्त उच्च थियो। यी खोपले पर्याप्त काम गर्नेछ भन्नेबारे पर्याप्त आशा राखिएको थियो।

प्रयोगमा के भयो ?
स्वयंसेवकहरूले पालैपालो खोप तथा सुई लिएका थिए। जसमा १ सय २९ जना एचआइभी संक्रमित थिए। जसमध्ये १ सय २३ जनालाई ज्याबले खोप दिएका थिए। डा. एनआइएचबाट आएकी डा. एनथोनी फाउसीले भनिन्, ‘खोपले विश्वभर रहेको र फैलिएको एचआइभीविरुद्धको काम गर्नेछ र संयोगवश काम नगर्न सक्छ।’

उनले थपिन्, ‘अनुसन्धानले अर्कोतर्फ थप सुरक्षित र प्रभावकारी खोपको अनुसन्धान जारी राख्नेछ, जुन खोपको खोजी पूरा हुनेछ भन्ने कुरामा विश्वस्त छु।’ अन्तर्राष्ट्रिय एड्स सोसाइटीकी लिइन्डाले गेइल बेक्करले भनिन्, ‘यसका लागि कार्यक्षेत्रमा गम्भीर तयारी भइरहेको छ, सुरक्षित खोपका लागि खोजी राख्न आवश्यक छ।’

यसअघि नै निस्केको प्रोफ्यालिक्सिसी औषधिले एचआइभी संक्रमणबाट बचाउँछ तर यो दैनिक खानुपर्छ। खोप एक पटक लगाएपछि पुग्छ। यस्तो उपचार नभएका देशमा यौन समयमा प्रयोग गरिने कन्डम मात्र उपलब्ध छन्। अहिले  एन्टिरेक्टोभाइरल उपचार विधिले एचआइभी संक्रमितको जीवनको आयु लम्ब्याउने काम गरिहेका छन्।

प्रकाशित: ३ फाल्गुन २०७६ ०२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App