coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

धनबहादुरलाई सूर्य नेपाल वेस्टर्न ओपन

पोखरा - दुई वर्षपछि पोखराको हिमालयन गल्फ कोर्समा त्रिभुवन आर्मी क्लबका गल्फर धनबहादुर थापाले २०औं संस्करणको सूर्य नेपाल वेस्टर्न ओपन टुरको उपाधि जितेका छन्।

शीर्ष वरीयताका शिवराम श्रेष्ठलाई दुई स्ट्रोकले पछि पार्दै धनबहादुरले उपाधि जितेका हुन्। फ्रन्ट नाइनमा दुई अन्डर राखेका धनबहादुरले सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि उचाल्न पर्याप्त बन्यो। धनबहादुरले ५४ होल समाप्तिमा चार अन्डर २ सय ३ स्कोरको कार्ड बनाउँदै उपाधि उचाले। उनको वेस्टर्न ओपन उपाधि भने तेस्रो हो। यसअघि उनले २०१५ र २०१७ को उपाधि आफ्नो नाममा लेखाइसकेका छन्।  शुक्रबारको अन्तिम दिन फ्रन्ट नाइनमा २ अन्डर खेल्दै ३२ को कार्ड बनाउँदै धनबहादुर उपाधि यात्रामा थिए। तर व्याक नाइनमा लेभलपार खेल्दै उनी उपाधि उचाल्न पर्याप्त बन्यो। उनले नगद १ लाख २५ हजार रुपैयाँ नगद प्राप्त गरे।  ‘तेस्रो होलमा हेजार्ड हाने। तर ग्रिनको ३० फिट परबाट पट छिर्‍यो,’ धनबहादुरले भने,‘२ सय १० यार्डको नवौं होलमा पनि बल ग्रिनमा पर्‍यो। जसले अर्को बर्डी हान्न सहज भयो ।’ नवौं होलमा गल्फरले प्राय मात्रै ग्रिनमा हान्छन्।

बल होलभन्दा केबल १ फिटको दूरीमा झरेको बताउँदै उनले त्यसपछि आत्मविश्वास बढेको प्रतिक्रिया दिए। अन्तिम दिन शुक्रबार उत्कृष्ट लयमा रहँदै तीन अन्डर ६६ मा टुर टुङ्गाएका शीर्ष वरीयताका शिवराम श्रेष्ठ उपविजेतामै सीमित भए। उनी समग्रमा ३ अन्डर २०५ को स्कोरमा रहे। दोस्रो दिन तीन ओभर खेलेपछि उनी उपाधि होडबाट पछाडि धकेलिए। शिवरामले अन्तिम दिन तीन अन्डर ६६ को कार्ड बनाए पनि उपाधि भने उचाल्न पर्याप्त भएन। चौथो होलमा बर्डी हिर्काउँदै उपाधि पछ्याइरहेका शिवरामले पाँचौं र सातौंमा समेत बर्डी हिर्काए। फ्रन्ट नाइनमा शिवराम ३ अन्डर ३१ को कार्डबाट अगाडि बढे। दशौं होलमा बोगीको सामना गरेपछि उनको उपाधि यात्रामा धक्का लाग्यो। १५औं होलमा बर्डी हिर्काएका शिवरामले बाँकी होलमा पार खेल्दै तीन अन्डर २०५ को कार्ड रहेर उपविजेतामै खुम्चिए। शिवरामले ७५ हजार रुपैयाँ प्राप्त गरे।

तेस्रो स्थानमा भने धराने गल्फर शुक्रबहादुर राई रहे। उनले ५४ होल टुङ्गाउँदा तीन ओभर २ सय १० को कार्ड बनाउँदै नगद ५५  हजार जिते। उनले तीनै दिन १/१ ओभर खेले। ३० प्रोफेसनल गल्फरमध्ये कटबाट जोगिदै अन्तिम दिन २४ गल्फर प्रतिस्पर्धामा थिए। एमेच्योरको उपाधि जितेन्द्र राईले जिते। उनले पहिलो दिनदेखि नै अग्रता लिदै उपाधि जोगाएका हुन्। जितेन्द्रले १८ ओभर २ सय २५ को कार्ड बनाउँदै उपाधि जिते। दोस्रो स्थानमा रहेका सुरेश तामाङले २५ ओभर २ सय ३२ को कार्ड बनाए। शीर्ष वरीयताका शिवराम श्रेष्ठलाई दुई स्ट्रोकले पछि पार्दै धनबहादुरले उपाधि जितेका हुन् ।

प्रकाशित: ३ फाल्गुन २०७६ ०१:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App