coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

क्यान इन्फोटेक २०२० सुरू

काठमाडौंमा शुक्रबार क्यान महासंघद्वारा आयोजित २६ औं क्यान इन्फोटेकको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा लगायत। तस्बिर: रासस

काठमाडौं – कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघले आयोजना गरेको मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी ‘प्रभु पे क्यान इन्फोटेक २०२०’ सुरु भएको छ। राजधानीको भृकुटीमन्डपमा शुक्रबारदेखि सुरु भएको उक्त प्रर्दशनीको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकल बाँस्कोटाले उद्घाटन गरेका छन्।

सञ्चार तथा सूचना प्रविधि र मनोरञ्जनसम्बन्धी जानकारी गराउने उदेश्यले आयोजना गरिएको प्रर्दशनीको रोबोट मार्फत दीप प्रज्वलन गरेर मन्त्री बासकोटाले उद्घाटन गरेको हुन्। आगामी  ७ गतेसम्म चल्ने उक्त प्रर्दशनीमा स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्ट र आइडियाको प्रदर्शनी गर्ने छन्।

२६ औं संस्करणको इन्फोटेक नेपाली इन्नोभेसनका लागि एक्सपोजर इभेन्ट हुने क्यान महासंघका अध्यक्ष नवराज कुँवरको भनाइ रहेको छ। प्रर्दशनीलाई विगतका बर्ष जस्तै प्रविधिका क्षेत्रमा आएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरुको प्रर्वद्धन गर्ने प्लेटफार्मको रुपमा हेरिएको उनको भनाई रहेको छ।

जारी प्रर्दशनीमा एक सय ७४ स्टलको सहभागीता रहने समेत उनले जानकारी गराए। सूचना–प्रविधिसम्बन्धी जानकारी दिन र यस क्षेत्रको प्रवद्र्धनका लागि प्रर्दशनी कोसेढुङगा सावित हुने उनले जानकारी गराए।

त्यस्तै, क्यान महासंघका महासचिव नारायण थापाले यस पटकको क्यान इन्फोटेकमा विभिन्न अन्तरराष्ट्रिय मोबाइल कम्पनीहरुले आफ्ना ब्राण्ड तथा उत्पादनको प्रदर्शनी तथा आकर्षक छुटसहित बिक्री गर्ने बताए। अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु पनि प्रदर्शनीमा राखिने छन्। त्यसैगरी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि मेलामा रहने उनले जानकारी गराए

मेलामा सूचना तथा सन्चार क्षेत्रका विज्ञ तथा जनशक्तिले समेत सहभागी जनाउने छन् भने नयाँ सफ्टवेयर तथा सूचना–प्रविधिसम्बन्धी सामग्रीहरु प्रर्दशनीमा राखिने उनको भनाई छ।

इन्फोटेकमा स्टार्टअप आइडिया तथा प्रोजेक्ट प्रतिस्पर्धा र जुनियर इनोभेटरको प्रदर्शनीका साथै रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेस जस्ता प्रतिस्पर्धा पनि आयोजना गरिने छ। प्रदर्शनीमा विभिन्न कम्पनीका मोबाइल, अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवर्किङ सोलुसन, मोबाइल फोन तथा सोलुन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुसन, सोलार पावर सिस्टम, इन्भर्टर, युपिएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिन्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सिसिटिभी र हार्ड डिस्क जस्ता उत्पादन पनि प्रदर्शनीमा रहेका छन्।

त्यसैगरी, आइटी कलेज, बैंक, बिमा तथा लेखासम्बन्धी सफ्टवेयर, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि पनि मेलामा सहभागीता जनाएका छन्। प्रर्दशनीमा प्रबेश शुल्क एक सय रुपैयाँ तोकिएको छ भने बिधार्थीहरुले ५० प्रतिशत छुट पाउने आयोजकले जनाएको छ।त्यस्तै, सामुदायिक तथा सरकारी विद्यालय र कलेजका बिधार्थीहरु, संचारकर्मी, जेष्ठ नागरिक, फरक क्षमता भएका ब्यक्तिलाई भने निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ।

एस पटकको प्रर्दशनीलाई पेपरलेस बनाएको जनाउदै आयोजकले प्रभु पेबाटै टिकट किन्न सक्ने तथा प्रदर्शनीस्थलमा पनि कि–ओस्क मेशिनबाट टिकट लिन सकिने जनाएको छ।

प्रदर्शनीलाई सफल वनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श तथा नेपाल मोबाइल डिष्ट्रिब्युटर्स एशोसिएशन, एशोसियसन अफ इन्जिनियरिङ्ग कलेज सहयोग गरेका छन्। त्यसैगरि अन्तराष्ट्रिय संस्था असोसियो र विट्सा को पनि यसको आयोजनामा सहयोग रहेको छ। प्रर्दशनीको एशोसिएट स्पोन्सरमा वल्र्ड्िलंक कम्युनिकेशन्स र प्लाटिनम स्पोन्सरमा एनसेल रहेका छन् भने डायमण्ड स्पोन्सरमा भायानेट कम्युनिकेशन्स रहेको छ।

प्रकाशित: ३ फाल्गुन २०७६ ०१:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App