५ वैशाख २०८१ बुधबार
कला

क्याम्पसमा साहित्यको उमङ्ग

पाँचथर बहुमुखि क्याम्पसमा आयोजित साहित्यीक कार्यक्रमका अतिथिहरु । तस्बिर : गिरिराज/नागरिक

पाँचथर- पाँचथर बहुमुखि क्याम्पसमा साहित्यक कार्यक्रम सम्पन्न भएको छ। जिल्लाका साहित्यकारहरुको उलेख्य उपस्थीतिमा भएको कार्यक्रममाले क्याम्पसमा साहित्यीक माहोल सृजना गरेको थियो। साहित्य साधान पाँचथर बहुमुखि क्याम्पसले आयोजना गरेको कार्यक्रममा अन्तर क्याम्पस स्तरीय कविता प्रतियोगिता समेत आयोजना भएको थियो।

सो अवसरमा भएको कविता प्रतियोगितामा पाँचथर बहुमुखि क्याम्पसकी पवित्रा प्रयत्न प्रथम, सोहि क्याम्पसका युवेन जवेगु द्धितिय र रवि क्याम्पसकी एलिसा राई तृतिय भएकी छन्। विजेताहरुलाई प्रमुख अतिथि प्रा.डा टंकप्रसाद न्यौपानेले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए।

पूर्व मन्त्री तथा साहित्यकार श्री जवेगु, नेपाली कांग्रेसका जिल्ला सभपाति तथा साहित्यकार नरेन्द्रकुमार केरुङ, साहित्यकार प्रेम ओझा, भवानी तावा, क्याम्पस प्रमुख खेम खतिवडा, साहित्यकारहरु राम समथिङ, मधु केरुङ, सरस्वती दुमि राई, राज दिलाञ्जली, मगल बेघा लगायतका साहित्यकारहरुको उपस्थिति रहेको थियो। क्याम्पसका विद्यार्थीहरुले कविताका साथै सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए।
 

प्रकाशित: २ फाल्गुन २०७६ १३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App