ढोल झ्याम्टा बजाउँदै १ नम्बर प्रदेशको नाम किरात राख्न माग

शुक्रबार, ०२ फागुन २०७६, १९ : २३ नागरिक

खोटाङ– नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले १ नम्बर प्रदेशको नाम किरात राख्न माग गरेका छन्। दिक्तेल महोत्सव उद्घाटनका क्रममा खोटाङ आइपुगेका मुख्यमन्त्री शेरधन राईलाई शुक्रबार ज्ञापन–पत्र बुझाउँदै जनजाति महासंघले प्रदेशको नामाकरण किरात गर्नका लागि ध्यानाकर्षण गराएका हुन्।

प्रदेशको नामाकरणको विषय लामो समयसम्म अनिर्णित भएको अवस्थामा जनजाति महासंघले ऐतिहासिक भूगोल, भाषा, संस्कृति, सभ्यता, आदिम थातथलो र साझा पहिचानको आधारमा प्रदेशको नाम किरात राख्नु सबैभन्दा उत्तम बिकल्प हुने आधार ज्ञापन–पत्रमा प्रस्तुत गरेको छ। किरात शब्द जातीय नभएर मानव सभ्याता एवं प्राचिन इतिहास र भूगोल भएकाले प्रदेशको नाम किरात राख्नु सबैका लागि सर्वस्वीकार्य हुने नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष हात्तीराम राईले बताए।

प्राग नेपालको इतिहास, सभ्यता, संस्कृति, पहिचान र भूगोल लगायत हिन्दु धर्म दर्शन, वेद, पुरान, महाभारत, शिवपुरान, स्वस्थानी कथा लगायतमा समेत किरात उल्लेख भएका कारण प्रदेशको नामाकरणमा किरातलाई जातसँग नजोड्न जनजाति महासंघले आग्रह गरेको छ। खोला, नाला, वन, जंगल, हिमाल लगायतका नाम राख्दा मानव इतिहास र सभ्यता हराउने भएकाले, विविधतायुक्त मानव सभ्यता, संस्कृति र इतिहासलाई सम्बोधन गर्दा भावनात्मक एकताको सुत्रमा बाध्ने र राष्ट्रियतालाई बलियो बनाउने भएकाले प्रदेशको नाम किरात राख्न उपयुक्त हुने ज्ञापन–पत्रमा उल्लेख छ।

‘हाल प्रदेशको नामाकरणका क्रममा नेपालको वास्तविक पहिचान, भूगोल, संस्कृति, सभ्यता र इतिहासलाई मास्ने, बिगार्ने र क्रम भंग गर्ने खालको कामहरु भइरहेको छ,’ ज्ञापन–पत्रमा भनिएको छ, ‘संघीयता कुनै नदी, पहाडले मागेको होइन, समग्र नेपालको इतिहास, सभ्यता, संस्कृति र नेपालको भू–भागमा बसोबास गर्ने निश्चित समुदायको पहिचान जनित भूगोलको आधारमा हुनु पर्छ।’

किरात शब्दले राई जातीलाई मात्र नभएर हिमाल, पहाड र तराईका सबै आदिबासी जनजाती र खस आर्य समुदायलाई समेट्ने भएकाले ऐतिहासिक, साँस्कृतिक, भौगोलिक बिशेषताका आधारमा प्रदेशको नाम किरात राख्न उपयुक्त हुने, हजारौं वर्ष पहिले पूर्वी नेपालको भू–भागमा भष्मे खोरिया फाँडेर मानव सभ्यताको सुरुवात गरेका किरात समुदायले आफ्नो विशिष्ट भाषा, संस्कार, संस्कृति, सभ्यतालाई हालसम्म निरन्तरता दिइरहेकाले, विभिन्न पार्टीहरुले उठाउँदै आएको बहुपहिचान तथा ‘पहिचान भेटिने र द्धन्द्ध मेटिने’ नारालाई सार्थक बनाउन सबैको साझा र सर्वस्वीकार्य नाम हुने भएकाले किरात राई यायोक्खाले समेत प्रदेशको नाम किरात राख्न माग गर्दै आएको छ।

 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad