८ वैशाख २०८१ शनिबार
राजनीति

'मधेसलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधन आवश्यक'

मटिहानी नगरपालिका-६ को वडा कार्यालय भवन उद्घाटन गरिदैं । तस्बिर : महेशकुमार/नागरिक

महोत्तरी- प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले मधेशलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधन अति आवश्यक रहेको बताएको छ।

मटिहानी नगरपालिकाको वडा नं. ६ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सोनलले संविधान संशोधन नभएसम्म मधेस अधिकार सम्पन्न हुन नसक्ने जिकिर गरेका थिए। ‘मधेशलाई अधिकार सम्पन्न बनाउनुको अर्को कुनै विकल्प छैन।’ मन्त्री सोनलले भने, ‘मधेसलाई संविधान संशोधन गरेर अधिकार सम्पन्न गरिनुपर्छ।' उनले संघीयताको रक्षाका लागि प्रदेश र स्थानीय निकायलाई सवल बनाउनु पर्नेमा समेत जोड दिएका छन्।
 
मधेसको समग्र विकासका लागि सकारात्मक सोध आवश्यक रहेकोले सरकार, दातृनिकाय र समाज सबै मिली अगाडी बढन आवश्यक भएको उनले बताएका छन्।

वडा कार्यालय भवन उदघाटन कार्यक्रममा प्रदेश २ का सामाजिक विकास राज्य मन्त्री अभिराम शर्माले प्रदेशको विकासको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै सोहि प्रतिबद्धता अनुसार प्रदेश २ लाई सवल बनाउन प्रदेश सरकारले विभिन्न योजनाहरु अगाडी बढाई रहेको जानकारी दिए।

मटिहानी नगरपालिका वडा नं. ६ को वडा अध्यक्ष रामबाबु नायकको अध्यक्षतामा भएको समारोहबीच मन्त्री सोनलले रिवन काटेर वडा कार्यालय भवनको विधिवत उद्घाटन गरेपछि उक्त भवन कार्यालय प्रायोजनका लागि खुला गरिएको हो।

नेपाल र बेलायत सरकारको सहयोगमा नेपाल ग्रामिण पुर्ननिर्माण संस्था, सामुदायिक विकास कार्यक्रमको ९८ लाख ४९ हजार ३ सय ६३ रुपैयाँको आर्थिक सहयोगमा उक्त अत्याधुनिक भवन निर्माण भएको हो।

 

प्रकाशित: २ फाल्गुन २०७६ १३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App