७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

एक हजार ७ सय चिनियाँ स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण, ६ जनाको मृत्यु

बेइजिङ - कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न एक हजार ७ सय १६ जनामा यसको संक्रमण भेटिएको छ। जसमध्ये ६ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ। यसको जानकारी शुक्रबार यहाँको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले गराएको छ।

एनएचसीका उप–निर्देशक चेन यिक्सिनले पत्रकार सम्मेलनमा भने, सङ्क्रमित स्वास्थ्यकर्मीमध्ये छ जनाको उपचारका क्रममा मृत्यु भइसकेको छ। सङ्क्रमित स्वास्थ्यकर्मीमध्ये एक हजार ५०२ भाइरसको उद्गमस्थल हुबेई प्रान्तमा रहेको चीनले जानकारी गराएको छ। साे भाइरसका कारण चीनमा हालसम्म १३ सय भन्दा बढी मानिसकाे ज्यान गैसकेकाे छ।

प्रकाशित: २ फाल्गुन २०७६ ११:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App