coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मदन भण्डारी विश्वविद्यालयको नेतृत्वमाथि दलिय राजनीति हुन नहुनेमा जोड

काठमाडौं - मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष प्रा. राजेन्द्र ध्वज जोशीले विश्वविद्यालयको नेतृत्वमाथि दलिय राजनीति हुन नहुने बताएका छन्। संघीय संसद प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा अध्यक्ष जोशीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यायलयको अवधारणा तथा विशेषता सम्बन्धी जानकारी गराउँदै अन्य विश्व विद्यालयमा जस्तो दलिय राजनीति हावी हुन दिन नहुने बताए।

उनले देश चलाउने राजनीतिमा दलिय राजानीति आवश्यक भएको तर शिक्षा चलाउने शिक्षा नीतिमा दलिय राजनीति प्रवेश हुन दिन नहुने धारणा राखे। त्यस्तै विश्वविद्यायललाई सबै नेपालीले अपनत्व गर्ने गरी विकास गर्नुपर्नेमा समेत उनले जोड दिए।

बैठकमा सांसदहरुले विश्वविद्यालयको स्ट्याण्डर्ड के हुने भन्ने विषयमा अझै स्पस्ट हुन नसकेको बताएका छन्। उनीहरुले विश्व स्तरको विश्वविद्यालय निर्माण गर्ने भनिए पनि विश्वका विश्वविद्यालयको अध्ययन नगरी निर्माण गर्न खोजिकएको बताएका हुन्। सांसद मानबहादुर विश्वकर्माले अर्थमन्त्रालयका तथ्याङ्कहरु प्रस्तुत गरेर विश्वविद्यालयको अवधारणा बनाउन नहुने बताए।

सांसद चित्रालेखा यादवले विश्व विद्यालयमा दलिय राजनीति हुन दिन नहुने भन्ने विषय उचित भएको तर दलिय राजनीति देखियो भने के गर्ने भन्ने विषय आउन नसकेको बताइन्।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले विश्व विद्यालयको व्यवस्थापन ट्रष्टबाट हुने र कुलपति, उपकुलपति तथा सहकुलपतिको अवधारणा नरहेको बताए। उनले  प्रेसिडेन्सियल प्रणाली मार्फत सञ्चालन हुने तथा स्थायी कर्मचारीहरु नरहने तथा विज्ञहरुलाई काम लगाइने भएकाले यो अन्य विश्वविद्यालय भन्दा फरक हुने बताए।

समितिमा गत बुधबारदेखि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल सुरु भएको थियो। शुक्रबार भने समितिले विश्वविद्यालयको अवधारणा र विशेषताका विषयमा जानकारी लिएको हो।

प्रकाशित: २ फाल्गुन २०७६ ०९:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App