coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

देशलाई अनुशासित र जिम्मेवार युवाको खाँचो छ : प्रधानमन्त्री ओली

ललितपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा राष्ट्रको लागि पहिलो आवश्यकता र प्राथमिकतामा रहेको बताएका छन्। राष्ट्रिय सेवा दलको दिक्षान्त समारोहमा दिक्षीत विद्यार्थीहरुलाई शुक्रबार ललितपुरमा दज्य्रानी चिन्ह प्रदान गदैं प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणमा राष्ट्रप्रति समर्पित र अनुशासित युवाको आवश्यकता रहेको बताएका हुन्।

उनले समाज र राष्ट्र निर्माणमा युवाहरुलाई ध्यान केन्द्रीत गर्न आग्रह गरे। प्रधानमन्त्री ओलीले देशमा स्थिर सरकार निर्माण भएको र यस सरकारले युवाहरुको चौतर्फि व्यक्तित्व विकासमा हरसम्बत सहयोग गर्न कटिबद्ध रहेको समेत बताए।

उनले युवाहरु एकजुट भइ काम गरे जस्तोसुकै चुनौतिको सामना गर्न सक्ने उल्लेख गर्दै सबै युवालाई असल, सक्षम, दक्ष र सक्रिय व्यक्तित्व निर्माण गर्दै राष्ट्र सेवामा जुट्न सुझाव समेत दिए। उनले राष्ट्रिय सेवा दलबाट तालिम पाई सैनिक कला, नेपाली संस्कृतिको संरक्षण, परम्परालाई बचाउन र देशप्रति गौरव बढाउन दिक्षीत भएका विद्यार्थीको भूमिका अझबढी महत्वपूर्ण हुने बताए।

राष्ट्रिय सेवा दलका संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीले दलको सुद्दृढीकरण र जनस्तरसम्म पुर्‍याउन सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत जनाए। राष्ट्रिय सेवा दलले आयोजना गरेको एक सय दिनको तलिममा विभिन्न विद्यालयका सात हजार सात सय विद्यार्थीहरु सहभागी रहेका थिए।

प्रकाशित: २ फाल्गुन २०७६ ०८:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App