८ वैशाख २०८१ शनिबार
समाज

लागुऔषधसहित चार पक्राउ

सर्लाही- ईश्वरपुरबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ। ईश्वरपुर नगरपालिका–१३ श्रीनगरबाट अवैध लागुऔषध नाइट्रोभ्याट १० लेखिएको ३००  ट्याब्लेट, स्पास्मो १४४ ट्याब्लेट र एक्सप्लोन सिरफ पाँच हजार १०० मिलीलिटर बरामद गरेको इलाका प्रहरी कार्यलय केशरगञ्ज बयलवासले जनाएको छ।

बुधबार दिउँसो गस्ती गर्ने क्रममा सो परिमाणको अवैध लागुऔषध बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिए। उनका अनुसार सो परिमाणको लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिइएको छ।

पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका–२ का २० वर्षका खगेन्द्र महतो, बर्दिबास–३ का २० वर्षका सुजित मगर, बर्दिबास–१ का २२ वर्षका सरोज बलम्पाकी मगर र बर्दिबास–१४ का ३१ वर्षका दिलबहादुर मगर रहेको उनले बताए।

पक्राउ परेका युवाले प्रयोग गरेको बा३९प ६०३ र ज८प ५४२१ नंका दुई मोटरसाइकलसहित छ थान मोबाइलसमेत बरामद गरिएको प्रहरी निरीक्षक गुरुङले जानकारी दिए। पक्राउ परेका चारै जनाका सम्बन्धमा आवश्यक अनुसन्धानका लागि म्याद थप गरिएको आज पत्रकार सम्मेलनमा प्रहरी निरीक्षक गुरुङले बताए।

प्रकाशित: २ फाल्गुन २०७६ ०८:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App