८ वैशाख २०८१ शनिबार
समाज

दुर्घटनामा एकको मृत्यु, तीन घाईते

कोहलपुर-कोहलपुरमा शनिबार भएका छुट्टाछुटै दुर्घटनामा एक जनाको मृत्यु र तीन जना घाईते भएका छन्। दिउँसो दुई बजे कोहलपुर–१२ रोहिणिखोला नजिकै मोटरसाईकल र मिनी ट्रक ठोकिँदा एक जनाको मृत्यु भएको छ। कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको भे६प ४६०७ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको ना ४ ख ७८२ नम्बरको मिनिट्रक एक आपसमा ठोकिँदा फत्तेपुर–८ का दिलिप थारुको मृत्यु भएको हो।

टाउको,हातखुट्टामा चोट लागेर गम्भीर घाईते उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यू भएको कोहलपुर प्रहरीले जनायो । दुर्घटनामा फत्तेपुरककी किस्मि चौधरी र  दिपशिखा चौधरी गम्भीर घाईते छन् । यस्तै शनिबार दिउँसो तीन बजेतिर कोहलपुर–१ कृष्ण मावि नजिकै भे१ज २६२९ नम्बरको जिपको ठक्करबाट एक जना घाईते भएका छन् । पैदल यात्री स्थानीय पवित्रा शाही गम्भीर घाईते भई मेडिकल कलेज काहलपुरमा उपचार भैईरहेको प्रहरी जनायो।

प्रकाशित: १६ पुस २०७३ १३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App