८ वैशाख २०८१ शनिबार
फोटो फिचर

चियाबारीमा उपराष्ट्रपति पुन (फोटो फिचर)

ईलाम- उपराष्ट्रपति नन्दबहादुर पुनले कन्यामस्थित चिया बगानको अवलोकन भ्रमण गरेका छन्।  उनलर् शनिबार पर्यटकीय क्षेत्र कन्यामको चिया बगानको अवलोकन भ्रमण गरेका हुन्।  

उपराष्ट्रपनि पुनले शनिबार नै सुर्योदय नगरपालिका सुन्दरपानी स्थित चिया कारखाना गोरखा टि स्टेट प्रा.लि.को निरिक्षण भ्रमण गरे। सो अवसरमा उनले चिया कारखानाका सञ्चालक र चिया कृषक तथा मजदूरसँग अन्तरक्रिया गरे। अन्तरक्रियामा उनले आर्गानिक चिया उत्पादनलाई प्राथमिकता दिन आग्रह गरे।

शनिबार नै उपराष्ट्रपतिले सूर्योदय नगरपालिको पञ्चकन्यास्थित करफोक बहुमुखी क्याम्पसको पनि निरिक्षण भ्रमण गरे। भ्रमणको क्रममा क्याम्पस सञ्चालन समितिका पदाधिकारीले क्याम्पस सञ्चालनका लागि विभिन्न समस्या रहेको अवगत गराउँदै समस्या समाधानका लागि पहल गरिदिन उपराष्ट्रपतिलाई आग्रह गरेका थिए। सातौँ राष्ट्रिय खेलकूद समापनका लागि शुक्रबार धरान आएका उपराष्ट्रपति शुक्रबार साँझ ईलामको पर्यटकीय क्षेत्र कन्याम पुगेका थिए। उनी शनिबार पनि कन्याममै बस्ने छन्।  

तस्बिर शौजन्य: उपराष्ट्रपतिको सचिवालय

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App