अङ्ग्रेजी नयाँ वर्षका कारण सौराहामा भरिए पर्यटक

शनिबार, १६ पुष २०७३, १५ : ५६ नागरिक

रत्ननगर (चितवन)– नेपालकै तेस्रो पर्यटकीय क्षेत्र चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्षका कारण पर्यटक भरिभराउ भएका छन् ।

अङ्ग्रेजी नयाँ वर्षका कारण यहाँको होटलमा पर्यटक भरिएका हुन्। अधिकांश आन्तरिक पर्यटक छन्। सौराहाको सुविधायुक्त होटल वाइलाईफ क्याम्पमा ४३ कोठा छन्। विगत तीन दिनदेखि आन्तरिक पर्यटकले भरिएपछि आएका पर्यटक अन्यत्रै गएको होटलका सञ्चालक शङ्कर शैंलु बताउँछन्।

‘हाम्रो होटल तीन दिनदेखि भरिएका छन्,' शैंजुले भने, 'आएका पर्यटकलाई अन्य होटलका रुम बुक गरेर पठाइरहेका छौँ, अन्त पनि धैरै होटल भरिइसके।’

चालीसवटा कोठा रहेको रोयल सफारी होटलमा पनि पर्यटक भरिएर २० वटाकोठा बाहिरको होटलमा राख्नुपरेको सञ्चालक शम्भु माली बताउँछन्। उनले विगतको वर्षभन्दा यो पटक राम्रो पर्यटक आएको वताए। उनले चार दिनका लागि होटल बुक भएको पनि बताए।

निकुञ्जसगँ जोडिएको सौराहा, पटिहानी, जगतपुर, मेघौलीलगायतका स्थानमा समेत पर्यटकको आगमन बढेको चितवन निकुञजले जनाएको छ। सो क्षेत्रमा पर्यटक आउँदा निकुञ्जको गोही प्रजनन् केन्द्र र हात्ती सफारीमा चाप बढ्छ।

निकुञ्जका साहायक संरक्षण अधिकृत अभिनय पाठकले निकुञ्जमा हात्ती र जिप सफारीमा पर्यटक गइरहेको बताउँछन्।  चितवनको सौराहामा मात्र सानाठूला गरी ११० वटा होटल छन् भने जगतपुर र मेघौलीमा समेत सुविधायुक्त होटल छन्।

यतिबेला सौराहाको रेष्टुरामा विभिन्न खानाका परिकारको स्वाद लिन आउने पर्यटकको चाप पनि उत्तिकै रहेको क्षेत्रीय रेवान सौराहाका अध्यक्ष लालबहादुर भट्टले बताए। उनले अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात सौराहाको राप्ती किनारमा पर्यटक रमाउने गर्दछन्।

युनिक वाइल्ड रिसोर्टका सञ्चालक प्रकास भट्टराई र होटल पार्कल्यान्डका सञ्चालक अञ्जन पाण्डेले समेत आफ्नो होटल पर्यटकले भरिएको बताए। पाण्डेका अनुसार उनको ३२ कोठामा आएका पर्यटकमध्ये ७० प्रतिशत नेपाली छन्।

दैनिक दुई हजार ५०० पर्यटक बस्न मिल्ने क्षमता सौराहामा छ। ६० भन्दा बढी रेस्टुराँ र १०० साना पर्यटन व्यवसाय सञ्चालित छ।

चितवनमा पर्यटक चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गँैडा, बाघलगायत वन्यजन्तु हेर्न आउँछन्।

पर्यटक हात्ती चढेर जङ्गल सफारी गर्न, नदीमा डुङ्गा सयर गर्न, निकुञ्जमा पदयात्रा गर्न पनि आउने गर्दछन्। चितवन निकुञ्ज घुम्नका लागि मात्रै वार्षिक दुई लाख बढी पर्यटक आउँछन्। रासस







यसमा तपाईको मत

अन्य समाचार

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं  विमानस्थल परिसरमा विधुतिय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति...

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । ...

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

Ncell Footer Ad