coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

शृङ्खाबद्ध चोरीमा संलग्न दुई जना सार्वजनिक

इटहरी– सुनसरी इनरुवा तथा आसपासका क्षेत्रमा चोरीमा सक्रिय दुई जना किशोरलाई प्रहरीले पक्राउ गरि मंगलबार सार्वजनिक गरेको छ।

घरको ताला फुटाई नगद तथा सुनचाँदीका गहना चोरी गर्ने इनरुवा वडा नं. ५ का १९ बर्षीय बिमल मण्डल र वडा नं. २ का १७ वर्षीय रोशन पोदारलाई जिल्ला प्रहरी कार्यालय इनरुवाले सार्वजनिक गरेको हो। पक्राउ पर्ने मण्डल र पोदारले वैशाख २ गते राति इनरुवा वडा नं. ५ का केशव पोखरेलको घरमा डेरा गरी बस्ने प्रकाश अधिकारीको कोठाबाट ५ लाखभन्दा बढीको गरगहना तथा नगद चोरी गरेका थिए।

प्रहरीले शुरुवातमा मण्डललाई पक्राउ गरी घरमा खोजतलासी गर्दा ८ हजार १ सय र सुनचाँदीका सामान फेला पर्यो। प्रहरीले थप अनुसन्धान गदैं जाँदा पोदारलाई पक्राउ गर्दा गरगहनाका १९ थान सामान निर्माणधिन घरभित्र राखेको ठाउँबाट फेला पारेर बरामद गर्यो।

तीन दिनअघि इटहरीको चौरास्त चोकभन्दा दुई सय मिटर उत्तर गोरखा डिपार्टमेन्ट स्टोर अगाडी झापा मेची नगरपालिका वडा नं. ५ का डमरु बल्लव पौडेलललाई एउटा समूहले शरीरमा काउसो दल्यो र उनी बेहोश भए। काउँसो दल्ने समूहले पौडेलको झोलामा रहेको एक लाख नगदसहित झोला लिएर हिँडे। लगत्तै प्रहरीले घटनाको सूचना पायो। लगत्तै सिसी क्यामेरा साहयताले चोरी गर्नेमा संलग्न भारत पश्चिम बंगालका १८ वर्षीय रितेश दास, १९ वर्षीय सञ्जु राय र ५० वर्षीय शर्मा ग्वाला पक्राउ ग¥र्यो। प्रहरीले पक्राउ परेका तीनै जनालाई चोरीमा मुद्दा चलाइसकेको इटहरीका डिएसपी ओम अधिकारीले बताए।

एक महिनाअघि इटहरीकै राजु रायको कस्मेटिक पसलको पनि सटर फोडेर केही नगद चोरी भयो। रायको कस्मेटिक पसलबाट चोरी गर्नेले सामान नलगेर केही भएको नगद पैसा मात्र लग्यो। प्रहरीको त्यतिबेलाको निश्कर्ष थियो, 'पैसा मात्र चोरी गर्ने समूह सक्रिय भो।' तीन महिनाअघि इटहरी वडा नं. २६ को एक घरमा पनि घरमा कोही नभएको मौका पारेर चोरी गर्ने समूहले तराज तोडफोड गरेपनि केही नगद बाहेक अन्य सामान नलगेको प्रहरीले जानकारी दिइयो।

अघिल्लो असारमा पानी परेको मौकामा ताला फोडेर इटहरी आँपगाछी चोकको रिजाल किराना पसलमा चोरी भएको थियो। इटहरी वडा नं. २ का पशुपति रिजालको किराना पसलबाट २५ हजार रुपैयाँ बराबरको सामान चोरी भएको थियो। अघिल्लो जेठ महिनामा गर्मीले गर्दा राति झ्याल–ढोका खुल्लै राखेर सुत्ने गरेको सुर्इंको पाएपछि इटहरी तथा वरपरका क्षेत्रमा चोरी गर्ने समूह सक्रिय भएको थियो।

यसरी सुनसरीको इटहरी, इनरुवा, झुम्कासँगै शहरी क्षेत्रमा चोरी गर्ने गर्मी मौसममा घरको ताला फुटाएर चोरी गर्ने गरेको पाइएको छ। जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुभाष राईका अनुसार अब गर्मी मौसम शुरु भएपछि रातिको बेला चोरी गर्ने गिरोह सक्रिय हुन थालेको छ।

प्रकाशित: ८ वैशाख २०७३ ०३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App