coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोभिड–१९ बाट एकै दिन २४२ को मृत्यु

बेइजिङ – कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बढी संक्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको वुहानमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु भएको बताइएको छ।

हुबेइ प्रान्तको वुहानबाट गत वर्षको अन्त्यतिरबाट यसको संक्रमण सुरु भएको यो भाइरसबाट हुने संक्रमणलाई हालैमात्र वैज्ञानिकले ‘कोभिड–१९’ नाम दिएका छन्। प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा मृत्यु हुनेको संख्या पनि वृद्धि भइरहेको बताइएको छ। पछिल्ला केही दिनमा नयाँ संक्रमण भएका मानिसको संख्यामा ठूलो मात्रामा वृद्धि भएको बताइएको छ।

मर्नेको संख्या १ हजार ३५० पुग्यो

वुहानमा मात्र थप १४ हजार ८४० जनामा यस भाइरसको संक्रमण भएको पुष्टि भएको पछिल्लो समाचारमा जनाइएको छ। बुधबार भएको यस मृत्युसँगै मृतकको कुल संख्या बुधबारसम्म एक हजार ३५० पुगेको चिनियाँ अधिकारीले जानकारी दिएका छन्। उनीहरुका अनुसार पछिल्लो समयमा निको भएर फर्र्किएका बाहेक हाल संक्रमण भइ उपचार गराइरहेका बिरामीको संख्या झन्डै ६० हजार पुगेको छ।

उता विश्व स्वास्थ्य संगठनले भने चीनमा देखापरेको उक्त प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने धारणा राखेको छ। जेनेभामा आयोजित एक कार्यक्रममा उक्त सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यसबारे भ्रम फैलाउँदा त्यसले प्रकोप न्यूनीकरणमा असर पर्ने भन्दै यस प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने बताएका छन्।

प्रकाशित: २ फाल्गुन २०७६ ०२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App