बेलायती अर्थमन्त्री जाविदद्वारा राजीनामा

शुक्रबार, ०२ फागुन २०७६, ०८ : ०५ नागरिक

लन्डन – बेलायतका अर्थमन्त्री साजिद जाविदले आफ्नो पदबाट बिहीबार राजीनामा दिएका छन्। प्रधानमन्त्री बोरिस जोनसनले जाविदको राजीनामा स्वीकृत गर्दै नेता ऋषि सुनकलाई नयाँ अर्थमन्त्रीको रूपमा नियुक्त गरेका छन्।

३९ वर्षीय सुनक एक व्यापारीक पृष्ठभूमिबाट अर्थमन्त्री बनेका छन्। उनीसँग बेलायतको राजस्व हेर्ने मुख्य सचिवका रूपमा सेवा गरेको अनुभव छ। डिसेम्बरको चुनावमा संसदमा बहुमत ल्याएपछि बनेको जोनसन सरकारले आफ्नो मन्त्रिपरिषद्को पहिलो फेरबदलमा अर्थमन्त्रीलाई पारेको जाविदका प्रवक्ताले पुष्टि गरेका छन्।

बेलायतको प्रेस एसोसिएसन समाचार एजेन्सीले जाविदको निकटस्थ एक अज्ञात स्रोतलाई उद्धृत गर्दै भन्यो, ‘जोनसनले उनलाई आफ्नो सहयोगीहरूको समूहबाट बर्खास्त गर्न चाहेका तर उनले अस्वीकार गरेपछि राजीनामा दिएका छन्।’

‘उनले चान्सलर अफ एक्सचेकरलाई पनि अस्वीकार गरेका थिए,’ स्रोतले भन्यो, प्रधानमन्त्रीले अर्थमन्त्रीका सबै विशेष सल्लाहकारलाई हटाई संयुक्त अधिराज्यको सल्लाहकारको एउटै समूह बनाउने तयारी गरेपछि जाविदले राजीनामा दिएका हुन्। कुनै पनि स्वाभिमानी मन्त्रीले यी सर्तहरू स्वीकार गर्दैनन्,’ अर्थमन्त्री जाविदले भने।

बेलफास्टमा गठबन्धन सरकारको पुनः स्थापनाका लागि भूमिका निभाएका उत्तरी आयरल्याण्डका मन्त्री जूलियन स्मिथलाई प्रतिस्थापित गरेपछि असन्तुष्ट बनेका जाविदले अर्थमन्त्रीबाट राजीनामा दिएका हुन्। ५० वर्षीय जाविद एक वरिष्ठ बैंकरबाट राजनीतिमा आएका थिए। पूर्वअर्थमन्त्री फिलिप ह्यामन्डको स्थानमा अर्थमन्त्री हुनुभन्दा पहिले उनले गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad