coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संशाेधन प्रस्ताव अघि बढाइए म विपक्षमा उभिन्छुः रायमाझी

काठमाडौं– सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले संविधान संशोधन विधेयक कुनै हालतमा पारित नहुने भन्दै त्यसलाई अविलम्ब फिर्ता लिनुपर्ने माग गरेका छन्। रायमाझीले संशोधन विधेयक कसैको पनि हितमा नरहेको दाबी गरे।

‘यो संशोधन प्रस्तावले कसैको हित गर्दैन्, न त यसले जनताको नै हित गर्छ, न त राष्ट्रको नै,’ उनले भने, ‘यो सीमांकन हेरफेरको विषय त झनै संघीयताको मर्म र भावनाविपरीत छ।’

उनले यथास्थितिमा आफूले यो प्रस्तावको कुनै हालतमा समर्थन नगर्ने र आफ्नो अडान आज मात्रै नभएर भोलि पनि यो विधेयकको विरुद्धमा नै रहने दाबी गरे।

उनले ९० प्रतिशतको सहमतिले जारी गरेको संविधान अहिले आएर एमाले पनि यो विधेयकको विपक्षमा हुँदा कसरी दुई तिहाई पुग्छ भन्दै प्रश्न समेत गरे। ‘एमालेले मात्रै होइन, हामी सरकारमा भएका पनि यो प्रस्तावको विपक्षमा छौं,’ उनले भने।
रायमाझीले आन्दोलनकारीहरुको माग पूरा गर्नुपर्छ भन्ने पक्षमा आफूहरु अझै पनि गम्भीर रहेको बताए।

‘आन्दोलनकारीहरुका मागहरु राष्ट्रिय सहमति जुटाएर सम्बोधन गर्नुपर्छ,’ उनले भने।  अहिले सरकारले ल्याएको प्रदेशको सीमांकन हेरफेरको प्रस्तावले मधेशी मोर्चाको माग पूरा हुनै नसक्ने ठोकुवा उनले गरे।

प्रकाशित: १६ पुस २०७३ ०९:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App