८ वैशाख २०८१ शनिबार
कला

अनुष्कासँग विवाहलाई लिएर विराटले खोले मुख

मुम्बई– क्रिकेटर विराट कोहोलीले प्रेमिका अनुष्का शर्मासँगको विवाहलाई लिएर प्रतिक्रिया जनाएका छन्। भारतीय संचारमाध्यमका विराट–अनुष्काको  विवाहलाई लिएर लगातार समाचार आउन थालेपछि विराटले ट्विटमार्फत आफ्नो प्रतिक्रिया जनाएका हुन्। विराटले शुक्रबार एक ट्विट गर्दै अनुष्कासँग तत्काल विवाह गर्ने योजना नभएको जनाएका हुन्। ‘हामीले अहिलेसम्म इन्गेजमेन्ट गरेका छैनौं,’ विराटले ट्विट गर्दै भनेका छन, ‘यदि हामीले इन्गेजमेन्ट गरेको भए सवैलाई जानकारी हुन्थ्यो।’

उनले आफूहरुका विषयमा संचारमाध्यमले अफवाह फैलाएको आरोप  लगाएका छन्। भारतीय संचारमाध्यमका केही दिन अगाडि हाल उत्तराखण्डमा छुट्टी मनाइरहेका विराट– अनुष्का नयाँ वर्षको पहिलो दिन इन्गेजमेन्ट गर्न सक्ने भन्दै समाचार प्रशारण गरेका थिए। विराटको ट्विटलाई अनुष्काले रिट्विट गर्दै तत्काल इन्गेजमेन्टको संभावना नरहेको संकेत गरेकी छन्।
यही वर्ष मार्चमा टि–२० विश्वकपमा मोहालीमा अष्ट्रेलिया विरुद्ध भारतको जितपछि सामाजिक संजालमा विराट र अनुष्काको विवाहको चर्चा भएको थियो।  
 

प्रकाशित: १६ पुस २०७३ ०९:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App