राजेन्द्रमानप्रति आराधना प्रेम

शुक्रबार, ०२ फागुन २०७६, ०७ : १३ शिवहरि घिमिरे  | @shivsamir

काठमाडौं – राजेन्द्रमान २०४६ माघ २९ गते नेपाल प्रहरीमा प्रवेश गरे। पहिलो चरणको नौ महिने तालिमपछि राजेन्द्रमान केही दिनका लागि गृहनगर नेपालगन्ज हान्निए। भारतको लखनउमा विज्ञान विषयमा स्नातक गर्दै गरेकी आराधना पनि त्यतिबेलै बिदामा नेपालगन्ज फर्केकी थिइन्। नजिकै घर भएका उनीहरू एकाअर्कालाई चिन्दैनथे। घरको जस्तो मनको दूरी नजिक थिएन। दिदीसँगै बजार घुम्न निस्किएकी आराधनासँग एक क्याफेमा साथीभाइसँग रमाइरहेका राजेन्द्रमानको भेट भयो। राजेन्द्रमान र आराधनाकी दिदी विद्यालयमा सँगै पढेका साथी हुन्। २०४७ साल मंसिरको कुरा थियो त्यो।

दिदीका साथीहरूसँग भेट्दा आराधना चुपचाप थिइन। सबै अपरिचित रहेकाले उनलाई अप्ठेरो लागिरहेको थियो। हँसिला राजेन्द्रमान भर्खरै इन्स्पेक्टर बनेका फूर्तिलो ठिटा थिए। पहिलो भेटमै राजेन्द्रमानलाई आराधनाका आँखाले पढिरहेका थिए। राजेन्द्रले पनि आराधनालाई मनैदेखि नियालेका थिए। अराधना प्रायः दिदीसँग यताउता हिँड्थिन्। दिदीसँगै हिँड्दा राजेन्द्रमान र आराधनाको भेटघाट बाक्लियो। उनीहरू आपसमा नजिकिँदै गए। बिदा सकिएलगत्तै राजेन्द्रमान ड्युटीमा फर्किए, आराधना पढाइका लागि लखनउतिर लागिन्। भौतिक शरीर टाढा भए पनि उनीहरूको मन जोडिइसकेको थियो।

पढाइ सकिएपछि २०५० सालमा आराधना स्वदेश फर्किइन् र नेपालगन्जस्थित मोर्डन पब्लिक कलेजमा अध्यापन गर्न थालिन्। राजेन्द्रमान पनि बिदा मिलाएर बेलाबेलामा घर पुग्थे। त्यतिबेला उनीहरूबीच भेट हुन्थ्यो। आराधना राणाकी छोरी थिइन्, राजेन्द्रमान नेवार थिए। उनीहरूबीचको सम्बन्धलाई दुवै परिवारले सहज रूपमा लिएनन्। तर पनि राजेन्द्रमानले आराधनाका परिवारलाई मनाएरै छाडे। २०५० फागुन २० गते उनीहरूले चार वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहको रूप दिए।

घटना २०७३ साउन १५ गते शनिबार बिहान ब्याडमिन्टन खेल्दै गर्दा एक्कासि ढलेका राजेन्द्रमान श्रेष्ठ अझै उठ्न सकेका छैनन्।

राजेन्द्रमानको ड्युटी काठमाडाैंमा थियो। विवाहपछि दुवै यतै आए। कोटेश्वरको एक घरमा भाडामा बस्न थाले। काठमाडौं बसाइमा उनीहरूको जीवनमा धेरै परिवर्तन आए। २०५३ सालतिर राजेन्द्रको कमाइले कोटेश्वरमा घडेरी किनियो र चिटिक्क परेको घर पनि ठडियो। एक छोरा र एक छोरी जन्मिए। राजेन्द्रमानको ड्युटी कहिले उपत्यकाभित्र त कहिले बाहिर भइरहन्थ्यो। छोराछोरीको हेरचाह र शिक्षादीक्षाका लागि आराधना गृहिणीकै भूमिकामा रमाइन्। सरुवाको ठेगान नहुने प्रहरी जागिरका क्रममा राजेन्द्रमान धेरै ठाउँ पुगे। राजेन्द्रमान बेलाबेलामा पाइने बिदालाई परिवारसँग घुमघाम, नाचगान, खानपान गरेर सकेसम्म सुखमय बनाउँथे।

प्रहरी सेवामा इमान्दार र चनाखो स्वभावका राजेन्द्रमानको सरुवासँगै बढुवा पनि हुँदै गयो। इन्सपेक्टरबाट उनी डिएसपी, एसपी, एसएसपी हुँदै डिआईजीमा बढुवा भए। बढुवासँगै उनको जागिरे थलो फेरिन्थ्यो। तर डिआइजीमा प्रोमोसन हुनेबेला भने उनी अस्पतालको शड्ढयामा पुगे। २०७४ सालमा तत्कालीन आइजिपी प्रकाश अर्यालले अस्पतालमै पुगी उनलाई डिआइजीको फुली लगाइदिएका थिए। त्यो फुली लगाइदिएको तस्बिर राजेन्द्रमानको शड्ढयाको सामुन्ने भित्तामा छ। उनका आँखाले हर्दम त्यतैतिर नियालिरहेका हुन्छन्।

जागिरका सिलसिलामा उनी अञ्चल प्रहरी कार्यालय धरान सरुवा भए। उनी त्यतिबेला एसएसपी थिए। त्यो सरुवा उनका लागि अभिशाप बन्यो। त्यहाँ रहँदा आइपरेको एउटा घटनाले उनीहरूको जीवनमा अन्धकार ल्याइदियो। घटना २०७३ साउन १५ गते शनिबार बिहानको थियो। खेलकुदमा ज्यादै रुचि राख्ने राजेन्द्रमान प्रहरी कार्यालयमा ब्याडमिन्टन खेल्दै थिए। सोहीक्रममा उनी एक्कासि ढले। साथीभाइले सुरुमा जिस्किएर लड्यो भन्ठाने। त्यसपछि अस्पताल पु¥याइएका उनी आजसम्म उठ्न सकेका छैनन्। उनलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। चिकित्सकहरूले उनको मस्तिष्कमा रक्तसञ्चार नै रोकिएको अर्थात् ‘लक्ड इन सिन्ड्रोम’ भएको बताए।

साढे तीन वर्षयता उनी महाराजन्जस्थित प्रहरी अस्पतालको दोस्रो तलाको भिआइपी कक्षमा छन्। उनको शरीर चल्दैन। मुखबाट कुनै आवाज निस्कँदैन। त्यही सुनसान कोठामा राजेन्द्रमानको स्याहारसुसारमा व्यस्त रहन्छिन् आराधना। बुधबार अस्पताल पुग्दा उनी पाइपबाट राजेन्द्रलाई लिक्विड खुवाउँदै थिइन्। राजेन्द्रमानलाई थप संक्रमण नहोस् भनेर उनले बिरामी कक्षबाहिरको कोठामा कुर्न आग्रह गरिन्। उक्त कोठाको एउटा कुनामा राखिएको फ्रिजमा राजेन्द्रमानका खानेकुरा राखिएका छन्। आराधनाका लुगा र झोला पनि त्यही कोठाको भित्तामा झुन्डिएका छन्। केही वर्षयता राजेन्द्रमानको मात्र होइन, आराधनाका लागि पनि अस्पतालको उक्त कक्ष घरजस्तै बनेको छ।

केहीबेरमा अराधना बाहिर आइन्। भित्तामा झुन्डिएको गम्छाले हात पुछिन् र सोफामा बसिन्। १८ वर्षदेखिको प्रेम सम्बन्ध कोट्याउँदै गर्दा उनका आँखाहरू एकाएक रसाए। तीन वर्षअघिको राजेन्द्रमानको स्वभावले सताइरहन्छ उनलाई। त्यति फुर्तिला राजेन्द्रमानलाई अहिले अशक्त अवस्थामा शड्ढयामा सुतिरहेको देख्दा उनी झुक्किन्छिन्। कहिलेकाहीँ त सपना हो कि भन्ठान्छिन्। तर उनले आशा मारेकी छैनन्। राजेन्द्रमान पुरानै अवस्थामा फर्किने भरोसामा छिन् उनी। ‘सास रहुन्जेल आस त भइहाल्छ, यस्तो रोग लागेकाहरू पुरानै अवस्थामा फर्किएका उदाहरण पनि छन्,’ उनले भनिन्, ‘मलाई विश्वास छ, उहाँ एक दिन पुरानै अवस्थामा अवश्यक फर्कनुहुनेछ।’

राजेन्द्रमान साथीभाइमाझ प्यारा थिए। फुर्सदको समय परिवारलाई दिन्थे। अराधना प्रायः धार्मिक क्षेत्र घुम्न रुचाउँथिन्। राजेन्द्रमान मन्दिर र पर्यटकीय क्षेत्र घुमाउन लैजान्थे। डिएसपी हुँदा लामो बिदा लिएर राजेन्द्रमानले आराधनालाई भारत घुमाएका थिए। घरमा हुँदा नाच्नेगाउने गर्थे। आराधनाका आँखामा अहिले पनि ती सबै झल्झली आइरहन्छन् रे !

उनी यथार्थमा बाँच्न चाहन्छिन्। सकेसम्म विगत भुल्न कुनै न कुनै काममा व्यस्त रहन्छिन्। तर राजेन्द्रमानलाई भेट्न पुग्नेहरू भने ती सबै याद ताजा गराइदिन्छन्। सामाजिक सञ्जालमा उनका बारेमा लेखिएका समाचारका लिंक पठाउँछन्। उनी ती समाचार खोल्न सक्दिनन्। आराधना भ्याएको बेला मन्दिर पुग्छिन्, श्रीमान्लाई निको होस् भन्दै प्रार्थना गर्छिन्।

उनको दैनिकी हरेक बिहान ३ बजे सुरु हुन्छ। घरमा भएको बेला सरसफाइ र पूजाआजा गर्छिन्। अस्पतालमा बिहानै उठेर राजेन्द्रमानको आडैमा बस्छिन्। पालो दिने कोही भएका बेला उनी कोटेश्वरस्थित घरमा पनि पुग्छिन्। राजेन्द्रमानलाई दिनमा आठपल्ट लिक्विड (अन्डा, स्याउ, केरा, घ्यू, चिनीलगायतको झोल) पाइपबाट खुवाउनुपर्छ। राजेन्द्रमानको मुखबाट केही खान मिल्दैन। बिहान ४ देखि समयतालिकाअनुसार बेलुकी ११ बजेसम्म उनलाई लिक्विड ख्वाउनुपर्छ। बेलाबेलामा दिसापिसाब गराउनुपर्छ। दाह्री काटिदिनुपर्छ। नुहाइदिनुपर्छ। सुत्न अप्ठेरो भएको बेला राजेन्द्रमान खोक्छन् या आवाज निकाल्छन्। त्यसपछि उनलाई बेडमा कोल्टे फेराउनुपर्छ। यी सबै जिम्मा अहिले अराधनाको काँधमा छ। त्यसो त राजेन्द्रमानको स्याहारका लागि दुई सुरक्षाकर्मी पनि खटाइएका छन्। उनीहरूबाट पनि आवश्यक सहयोग पाइन्छ। तर आराधना राजेन्द्रमानको एकछिन पनि साथ छोड्न चाहन्नन्। उनीहरूका छोरा अहिले अमेरिकामा छन् भने छोरीले नेपालमै अर्थशास्त्रमा स्नातकोत्तर गर्दैछिन्। ३० वर्षे सेवा अवधि पूरा गरी मंगलबार राजेन्द्रमानले नेपाल प्रहरीबाट डिआईजी पदबाट अवकाश प्राप्त गरे। तर उनलाई त्यसबारे केही जानकारी छैन।





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad