६ वैशाख २०८१ बिहीबार
समाज

बेथल स्कूल राष्ट्रिय सेवादल तालिममा सर्वोत्कृष्ट

पाल्पा- पाल्पा जिल्लाको संस्थागत विद्यालय बेथल बोर्डिङ्ग सेकेण्डरी स्कूल नेपाल सरकार, राष्ट्रिय सेवादल (एनसीसी) सिनियर डिभिजन तालिममा सर्वोत्कृष्ट भएको छ। ७९ दिनको विद्यालयमै तालिमपछि एनसिसीका विद्यार्थीहरूलाई २१ दिने क्याम्प तालिममा विद्यार्थीहरु सर्वोत्कृष्ट भएका हुन्। जंगी अड्डा काठमाडौंद्वारा नवलपुरको हात्तिखोरमा भएको १५ औं व्याज एनसीसी सिनियर डिभिजन तालिममा बेथल स्कूल कक्षा ११–१२ का विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए।

त्यस्तै छात्रा भलिबल, छात्रा दौड र सांस्कृतिक कार्यक्रम प्रतियोगितामा द्धितिय स्थान तथा क्याडेट दिलबहादुर बराल सर्वोत्कृष्ट क्याडेट (प्रथम स्थान) र क्याडेट साधना हुमागाई कम्पनी कमाण्डर स्थान हासिल गर्न सफल भएको स्कूलका प्रिन्सिपल खेम सारुले बताए। युवा वर्गलाई संगठित गराई सक्षम नागरिक बनाउन नेपाल सरकारले विसं २०२२ सालमा सुरुवात गरेको राष्ट्रिय सेवादल(एनसीसी)को अवधारणा अनुरुप स्कूलले विद्यार्थीलाई कार्यक्रममा सहभागी गराउदै आएको छ। स्कुलले २०७४ मा ४४ ब्याच जुनियर डिभिजन तालिम, २०७५ मा ४५ ब्याच जुनियर डिभिजन तालिम र २०७६ मा कक्षा १२ सञ्चालन भएको पहिलो वर्षमै १५ औं व्याज एनसीसी सिनियर डिभिजन तालिममा विद्यार्थीहरुलाई सहभागी गराई उत्कृष्ट नतिजा ल्याउन सफल भएको जनाएको छ।

युवा विकास कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरी युवा जनशक्तिलाई अनुशासित, तालिम प्राप्त, अभिप्रेरित, बनाई राष्ट्रिय एकता र वफादारिताको भावना जागृत गराई देशको चौतर्फी विकासमा सहयोग पुर्‍याउने उद्देश्यले स्कूलमा एनसीसी गठन गरी विद्यार्थीहरुलाई उक्त कार्यक्रमहरुमा समावेश गराउदै आएको प्रिन्सिपल सारुले बताए।

एनसीसीमा शारीरिक तालिम (रक क्लाइम्बिङ, पौडी, घोड चढी, एरोविक्स, तेक्वाण्डो पि.टी., मास पि.टी.), सैनिक ज्ञान (ड्रिल, खुकुरी ड्रिल, एफ.सिरवि.सि., नक्सा अध्ययन), विपद् व्यवस्थापन (विपद् व्यवस्थापन, विपद्को बेलामा प्राथमिक उपचार, विपद्को अवस्थामा स्वयंसेवकले गर्न सक्ने विभिन्न कार्यहरु) लगायतका तालिमहरु सञ्चालन हुँदै आएका छन्।

 

प्रकाशित: १ फाल्गुन २०७६ १३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App