coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

करेन्ट लागेर बालिकाको मृत्यु

कपिलवस्तु- कपिलवस्तु मायादेवी गाउँपालिका वडा नम्बर २ भैसकुन्डामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ। घरबाट विद्यालय जानेक्रममा बिजयकुमार पासी कि ६ वर्षिया छोरी कुसुम पासीको करेन्ट लागेर मृत्यु भएको हो।

बालिका स्थानीय श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कक्षा १ मा अध्ययनरत थिइन्। घरबाट विद्यालय जानेक्रममा स्थानीय मौलाना कायुम मुसलमानको निर्माणाधिन घरमा रहेको हेन्ड पम्पको हेन्डल छुँदा करेन्ट लागि मृत्यु भएको प्रहरीले जनाएको छ। केही स्थानीयले हुकिङ गरी नलमा चौबिसै घन्टा मोटरमा लाइन सूचारु गरिएकाले यसमा कयुमको समेत लापरबाही रहेको बताउँछन्।

उक्त हेन्ड पम्पमा जडान रहेको मोटरबाट करेन्ट हेन्ड पम्पमा सप्लाइ भइ करेन्ट लागेको अनुमान गरिए पनि आधिकारिक पुष्ठि हुन सकेको छैन। प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरेको छ। घटनापछि बालिका पढ्ने विद्यालयले एक विज्ञप्ती जारी गरि समबेदना व्यक्त गरेको छ। शवको तौलिहवा अस्पतालमा पोष्टमार्टमपछि परिवारलाई बुझाइएको छ।

प्रकाशित: १ फाल्गुन २०७६ १३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App