४ वैशाख २०८१ मंगलबार
समाज

अत्यधिक चिसोबाट १०५ वर्षीया वृद्धाको मृत्यु

गौशाला(महाेत्तरी)– अत्यधिक चिसोबाट शनिबार महोत्तरीको भटौलिया गाविसमा १०५ वर्षीया वृद्धाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको एकडारा गाविस– घर भई माइती घर भटौलिया गाविस– ७ पर्सामा बस्दै आएकी १०५ वर्षीया रामरतिदेवी रहेको स्थानीयवासीले बताएका छन् ।

ससुरालीमा पति, छोराबुहारी, छोरी वा अन्य कोही कत्तै नभएको तथा माइतीमासमेत कोही नरहेको वृद्धा रामरति वर्षौदेखि माइतीमै एक्लै बस्दै आएकी थिइन् भने शनिबार बिहान उनको मृत्यु भएको उनका भाइका नाती रामबाबु यादवले जानकारी दिनु भयो।

न्यानो लुगाफाटो, पोषिलो खानेकुरा र आवश्यक सबै कुराको अभावमा जसोतसो बाँच्दै आएकी रामरतिको जिल्लामा केही दिनदेखि चलेको शीतलहर र चिसो हावाले कठ्याङ्ग्रिएर शनिबार बिहान मृत्यु भएको नाती रामबाबुले बताए। रासस

प्रकाशित: १६ पुस २०७३ ०९:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App