कृषि केन्द्रलाई १० करोड अनुदान दिइने

बिहिबार, ०१ फागुन २०७६, १६ : ३२ नागरिक

हेटौँडा- वाग्मती प्रदेश सरकारले कृषि व्यवसायको प्रवद्र्धन गर्न भन्दै विभिन्न १० कृषि केन्द्रलाई एक/एक करोडका दरले अनुदान वितरण गर्ने भएको छ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालयले व्यावसायिकरूपमा काम गर्ने कृषि केन्द्रलाई अनुदान वितरणका लागि सम्झौता गरेको हो। निर्देशनालयले प्रदेशका विभिन्न जिल्लामा एकीकृत मोडेल कृषिफार्म विकास तथा विस्तार कार्यक्रमअन्तर्गत माग गरेको प्रस्तावनाबाट छनोट भएका व्यावसायिक फार्मलाई एक/एक करोडका दरले अनुदान रकम दिन सम्झौता गरिएको हो।

निर्देशनालयले काभ्रेको गोल्डेन फार्म प्रालि, रामेछापको सप्तभूमि एग्रो फार्म एण्ड रिसर्च सेन्टर हेलम्बु, नुवाकोटको मध्यपहाडी कृषि फार्म र प्रसिद्ध कफी स्टेट प्रालि, चितवनको केरुङ सामुदायिक तरकारी कृषि फार्म, मकवानपुरको जिके कृषि फार्म प्रालि, सिन्धुलीको एग्रो कम्पनी प्रालि, धादिङको केवलपुर एग्रो फार्म प्रालि, सिन्धुपाल्चोकको एग्रिकल्चर प्रालि र रामेछापको एग्रो एण्ड लाइभस्टक नेपाललाई अनुदान दिने भएको हो।

उक्त कार्यक्रमका लागि प्रस्ताव प्रस्तुत गर्नेमध्ये कृषि क्षेत्रमा काम गर्ने निजी फार्म, कृषक समूह र सहकारी छनोट गरेर उनीहरुलाई ५० प्रतिशत अनुदानका लागि प्रतिकृषि केन्द्र एक करोडका दरले उपलब्ध गराइने सम्झौता भएको कृषि विकास निर्देशनालयका निर्देशक रवीन्द्रबहादुर प्रधानले जानकारी दिए। उनका अनुसार अनुदान प्राप्त गर्ने कृषि केन्द्रले आगामी असार मसान्तसम्ममा काम गरिसक्नुपर्ने छ। रासस





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad