८ वैशाख २०८१ शनिबार
समाज

लागुऔषधसहित पाँंच जना पक्राउ

भक्तपुर- प्रहरीले भक्तपुरको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित पाँंच जनालाई पक्राउ गरेको छ। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ४ चारदोबाटोबाट तीन जनालाई र सूर्यविनायक नगरपालिका १ सिरुटारबाट दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

ठिमीको चारदोवाटोबाट सिन्धुपाल्चोक यमुना डाँडा गाउँपालिका ४ बस्ने वर्ष २६ का रामकुमार खड्का, भक्तपुरको सूर्यविनायक नगरपालिका ५ कटुन्जे बस्ने वर्ष २५ का राधे मग्राती र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ३ बस्ने वर्ष १९ का सुरेश भुजेललाई पक्राउ गरेको जनाएको छ।

उता सूर्यविनायक सिरुटारबाट मोरङ कञ्चनबारी गाउँपालिका ९ घर भई हाल काठमाडौ थानकोट बस्ने वर्ष ३१ का मनोज अधिकारी र भारत मोतिहारी जिल्ला घर भई हाल भक्तपुर सूर्यविनायक नगरापालिका १ सिरुटार बस्ने वर्ष ४३ का मनेजर शर्मालाई पक्राउ गरेको परिसरका सूचना अधिकृत दीपक गिरीले बताए।

उनीहरु सबैलाई जिल्ला अदालत भक्तपुरमा पेश गरी लागुऔषध सम्बन्धि कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित: १ फाल्गुन २०७६ १०:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App