८ वैशाख २०८१ शनिबार
समाज

इन्जिनियरको जागिर छोडेर कृषिमा

भगिश्वर लिम्बु

तेह्रथुम-करिब १९ बर्ष बढी कम्प्युटरसंग खेलेका म्याङलुङ नगरपालीका वडानम्बर ५ पिप्ले बस्ने राजु गड्गौलाले कृषि पर्यटनका लागि नीजि लगानीमा पिप्लेमा एकीकृत ब्याबसाय सुरु गरेका छन्।

युवा ब्याबसायी गड्तौलाले ब्यावसाय सञ्चालनका लागि अहिले सम्म करिब ४० लाख बढी लगानी गरेको बताउँछन्। उनले पर्यटन प्रर्वद्वनका लागि  डाउन हिल कटेज र डाउन हिल मल्टी फर्म  दर्ता गरेरै कृषि पेशामा लगानी गरेको बताए।

पैशा र प्रतिष्ठा भन्दा पनि आफु जन्मीएको गाउँको परिबर्तन गर्ने उद्देश्यले बिराटनगरमा कम्प्यूटर हार्डवेयर ईन्जीनियरीङको जागिर चटक्कै छाढेर अहिले गड्तौला पशुपालन र होटल ब्याबसायमा ब्यस्त भएका छन्। आफुले चाहेको पेशामा काम गर्दा आनन्द हुने बताउने गड्तौला अहिले समाजमा नमुना ब्याबसायीको रुपमा समेत स्थापित हुदै गएका छन्।

लामो समय सम्म बिराटनगर बस्दै आएका युवा ब्याबसायी गड्तौलाले गाउँमा बाख्राँ, कुखुरा, माछापालन सुरु गर्दा  आलोचना गर्नेहरु  पनि अहिले आफ्नो ब्याबसाय हेर्न आउन थालेकाले सुखि ब्यक्त गरेका छन्। उनले एउटा तालिमहल ,आधा दर्जन कटेज ,बनभोज स्थल र दुई दर्जन बढी क्षमताको संरचना तयार गरेका छन् । अब चाडै डाउन हिल कटेजमा स्वीमिङ पुल र चिल्ड्रेन पार्क समेत निर्माण गरिने उनले जानकारी दिए।

सदरमुकाम देखि नजिकै रहेको पिप्लेमा ब्याबसायीक रुपमा तालिम सञ्चालनका लागी हल र आवासको समेत सुबिधा दिन थाले पछि सदरमुकाम र आसपासका गाबिसहरुबाट अहिले कार्यक्रम गर्न आउने प्रचलन समेत सुरु भएकोले युवा ब्याबसायी गड्तौलाले बताए।

आफुले सञ्चालन गरेका ब्याबसायबाट उत्पादन हुने उपभोग्य बस्तुको खपतका लागी आफ्नै लगानीका चमेना गृह समेत सञ्चालन गर्दा बजारको समस्या नरहेको बताए।

ब्याबसाय सञ्चालनका लागी आफ्नो  परिवारको समेत राम्रो साथ रहेको बताउने गड्तौलाको फर्ममा अहिले ६० बढी बाख्रा,एक दर्जन बढी खसी , ३ सय बढी बोईलर र सय बढी लोकल कुखुराका साथमा ५ सय बढी माछा पाल्दै आएका छन्।

पछिल्लो समय बेमौषमी तरकारीखेति समेत सुरु गरेका गड्तौलाले फलफुलको नर्सरी समेत सुरु गर्न लागेका छन्। सरकारले घोषणा गर्ने गरेको बार्षिक बजेटमा युवा लक्षित कार्यक्रममा बजेट बिनियोजन हुने गरे पनि गाउँ बस्तीमा रहेका युवा ब्याबसायीहरु सम्म बजेट पुग्न नसको गुनासो गरेका छन् ।

 

 

प्रकाशित: १६ पुस २०७३ ०८:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App