विश्व रेडियो दिवस

जनतालाई सुसूचित गर्न रेडियोहरुले महत्वपूर्ण भूमिका खेलेका छन्ः नेता खनाल

बिहिबार, ०१ फागुन २०७६, १४ : ३४ नागरिक

काठमाडौं - पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्ना हक अधिकारका विषयमा जनतालाई सुसूचित गर्न सामुदायिक रेडियोहरुले महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। नवौँ विश्व रेडियो दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नै खनालले सूचनाको हक, समानताको हक, लोकतान्त्रिक हकको सनर्भमा व्यापक प्रचार प्रसार गरी जनतालाई सुसुचित बनाउन भूमिका खेलेको बताए।

प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि आफुले निर्वाह गर्नुपर्ने भूमिकाका लागि प्रतिवद्ध रहेको उल्लेख गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता समेत रहेका खनालले राष्ट्रियताको सवालमा देशभक्तिको भावना विकास गर्न पनि सामूदायिक रेडियो भूमिका महत्वपूर्ण हुने बताए।

खनालले नेपालका संविधानले सम्पूर्ण नेपालका लागि आवश्क हक अधिकार सुनिश्चित गरेको, देश, जनता, सभ्यता, संस्कृति, स्रोत साधनप्रति माया गर्न सिकाएको र परवर्तनका सबै ढोकाहरु खोलेको उल्लेख गरे। विश्वमै उत्वकृष्ठ रहेको संविधान आफैमा पूर्ण नभए पनि विकासमान डकुमेन्ट्री भएकाले यसलाई आवश्यकता अनुसार परिमार्जन र परिस्कृत गर्दै लैजानुपर्ने उनले बताए।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमा दण्डहिनता बढेको बताए। सीमान्तकृत जातजातिका अधिकार अझै स्थापना गर्न नसकिएको, छुवाछुतको अन्त्य गर्न नसकिएको र जनताले पूर्णकालिन न्याय पाउन नसकेको उल्लेख गरे।  २०६२ सालमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन भएको भएपनि २०७६ सम्म आइपुग्दा समेत पदाधिकारी चयनमै विवाद रहेको बताए। ऐन बनाएर आयोग गठन नगर्दा यो समस्या आएको उनको भनाइ छ

नेपाली कांग्रेसकी नेतृ पुष्पा भूसालले महिला, दलित जनजाति, पीछडिएका समूदायका अधिकार संविधानमा उल्लेख भएपनि व्यवहारमा लागु हुन नसकेको बताइन्। संविधानले दिएका अधिकारहरुको स्थापनाका लागि सामूदायिक रेडियोहरुको भूमिका महत्वपूर्ण हुने उनले बताइन्।

सामुदायिक रेडियो प्रशारक संघले विश्व रेडियो दिवसका अवशरमा रेडियो र विवधता विषयक अन्तरक्रिया कार्यक्रम गरेको थियो।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad