८ वैशाख २०८१ शनिबार
राजनीति

विप्लव समूहकाे विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष ढकाल पक्राउ

फाइल तस्बिर

काठमाडौं - विप्लव नेतृत्वको प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं सुन्धाराबाट ढकाललाई पक्राउ गरेको हो।

ढकालसँगै अन्य चार जनालाई पनि पक्राउ गरिएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। अन्य चार जनाको भने परिचय खुलाइएको छैन। अन्य चार जनाबारे अनुसन्धान भैरहेको थापाले बताए। ढकाल यसअघि पनि पक्राउ परेर छुटेका थिए।

प्रकाशित: १ फाल्गुन २०७६ ०८:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App