ललितपुरमा अझै पुनःनिर्माण हुन सकेनन् छ हजार निजी आवास

बिहिबार, ०१ फागुन २०७६, १३ : ३९ नागरिक

काठमाडाैँ - ललितपुर महानगरपालिकाभित्र भूकम्प गएको चार वर्ष बितिसक्दा पनि अझै छ हजार बढी निजी आवास पुनःनिर्माण हुन सकेका छैनन्।

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालद्वारा बुधबार आयोजित ‘भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार निजी क्षेत्रको योगदान र भूमिका’ विषयक कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनका  भवन आयोजना प्रमुख चन्द्रकाजी गुरुङले  महानगरपालिकाभित्र कूल सात हजार ४०९ लाभग्राही पहिचान भएको जानकारी दिए।

उनले भने, तिनमा सम्झौता सम्पन्न छ हजार ३८३ को भएको थियो। प्रथम किस्ता छ हजार ३६६ ले लिए। एक हजार ५२७ ले दोस्रो किस्ता लिए र एक हजार ७० ले तेस्रो किस्ता लिए तर पुनःनिर्माण सम्पन्न भएका घरको सङ्ख्या भने मात्र ९१३ रहेको छ। महानगरपालिकाभित्र अझै छ हजार बढी निजी घर पुनःनिर्माण हुन नसकेकामा गुरुङले खेद व्यक्त गरे। महानगरपालिकाभित्र निजी क्षेत्रले विभिन्न ठाउँमा घर बनाइदिए पनि सही कागजी लेख सङ्कलन गर्न अझै समस्या भइरहेको गुरुङले जानकारी दिए।

कार्यक्रममा न्यू सूर्य इन्टरप्राइजेजका प्रतिनिधि चीन महर्जनले महानगरपालिकाभित्र एकीकृत बस्तीको योजना अघि बढाउँदा प्रभावकारी रहने बताए। उनले भने, महानगरपालिकाको शहरी क्षेत्रमा सामग्री ढुवानी गर्न निकै नै समस्या भइरहेको हुँदा यसमा सरकारले ढुवानी खर्च छुटको व्यवस्था गरिदिनुपर्ने छ। सरकारले व्यक्तिको समस्याको पहिचान गरी कागजी प्रक्रियाबाट निजी घर बनाउन सहयोग गरिदिँदा निकै काम अघि बढ्ने महर्जनले बताए।

यसैगरी महानगरपालिका–११ सचिव सञ्जित श्रेष्ठले जनताले ऋण लिएर बनाएको घरमा सरकारले केही सहजता गरिदिनुपर्ने औँल्याए। उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले हाम्रो सम्पदा हामी आफैँ बनाऔँ भन्ने नाराका साथ निजी क्षेत्रबाट भूकम्प गएको तीन वर्षपछि भीमसेन मन्दिर पुनःनिर्माणको काम अघि बढाइरहेको जानकारी दिए। उनले भने, विभिन्न क्षेत्रबाट लगभग तीन करोड ५० लाख रुपैयाँ दिने घोषणा भइसके पनि पूर्णरूपमा सबै रकम भने अझै पाउन सकेका छैनौँ।

टीआई नेपालले भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समितिलाई दाताले दिने भनेर बोलेको रकम हालसम्म किन पाउन सकेन भनी खोजी गर्न महर्जनले आग्रह गरे। सङ्घका महासचिव मनोजबहादुर न्याछौँँले भूकम्प प्रभावित व्यक्तिलाई आफूहरुले निजी क्षेत्रबाट खाद्यान्न र लत्ताकपडा सहयोग गर्दै आइरहेको बताए।

टीआई नेपालका अध्यक्ष खिमराज रेग्मीले भूकम्प भएको चार वर्ष बितिसक्दा पनि भूकम्प प्रभावित जनताले तीन लाख रकम सरकारले हामीलाई घर बनाउन मात्र सहयोग गरेको हो भन्ने अझै नबुझेको भनी दुःख व्यक्त गरे। उनले भने, थोरै लगानीले धेरै लाभ पु-याउन सकिन्छ भने एकीकृत बस्तीको योजनामा अघि बढ्नु पनि निकै राम्रो हुन्छ। महानगरपालिकाभित्रका सांस्कृतिक महत्वको संरक्षण गर्दै विनासलाई विकास र अभिशापलाई वरदानमा बदल्न जरुरी रहेको रेग्मीको भनाइ थियो।

टीआई नेपालका कोषाध्यक्ष किरण थापाले भूकम्प प्रभावित मुख्य जिल्लामा पहिलेनै युनिट खडा गरी काम अघि बढाएको भए हालसम्म सबै स्थानका निजी आवास पुनःनिर्माणको काम सम्पन्न भइसक्ने विचार ब्यत्त गरे।





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad