coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

पत्रकार महासंघ युएईमा बस्याल

केन्द्रीय सचिव ध्रुव लम्सालका साथमा पत्रकार महासंघ युएईको नयाँ कार्यसमिति।

युएई- नेपाल पत्रकार महासंघ यूएईमा भुपराज बस्यालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। शुक्रबार भएको शाखाको पाँचौं अधिवेशनले अध्यक्षमा बस्याल सहित अन्य पदाधिकारी निर्विरोध निर्वाचित गरेको हो।

अधिवेशनले २०१७ - १९ को कार्यकालको लागि उपाध्यक्षमा लक्ष्मण खनाल, सचिव मेघराज सापकोटा, सह सचिवमा निर्भिक नारायण भुर्तेल, कोषाध्यक्षमा दिनेश अाचार्यलाई चयन गरेको छ। यसैगरी सदस्यहरुमा मोहन बस्याल, निमकान्त पाण्डे, दामोदर दाहाल र खिमलाल पाण्डे चयन भएका छन्।

अधिवेशनका लागि पत्रकार महासंघका केन्द्रीय सचिव ध्रुव लम्साल युएई आएका थिए। उनको उपस्थितिमा नयाँ कार्यसमिति चयन भएको हो।

परदेशमा रहेर जागिर सँगसँगै जुझारु रुपमा पत्रकारितालाई निरन्तरता दिएको भन्दै उनले नेपाली पत्रकारहरुको प्रशंसा गरे। 'महासंघको युएई शाखामा अावद्ध पत्रकारहरुको एकता नेपालमा रहेका जिल्ला शाखाहरुको भन्दा उदाहरणीय रहेछ', सचिव लम्सालले भने,  'याे सन्देश म नेपालका महासंघका सबै शाखामा पुर्‍याउनेछु।'

प्रवासमा पत्रकारिता गरिरहेका साथीहरुका कुनै पनि समस्या छिटो समाधान गर्न केन्द्रमा प्रस्ताव लैजाने उनले प्रतिबद्धता जनाए। महासंघको पहिलो विदेश शाखाको रुपमा युएईमा शाखा विस्तार भएको स्मरण गर्दै उनले श्रमजीवि पत्रकारहरुको पक्षमा अाफू सधैँ रहेको उल्लेख गरे।

नवनिर्वाचित अध्यक्ष भुपराज बस्यालले अाफ्नो चयनप्रति सबैलाई धन्यवाद ज्ञापन गरे। 'मलाई निर्विरोध गराउन समर्थन जनाउनु हुने सबै साथीहरुलाई धन्यवाद भन्न चाहन्छु', उनले भने, 'युएईमा रहेका पत्रकार साथीहरुका लागि अावश्यक तालिम उपलब्ध गराउँदै व्यक्तित्व विकासतर्फ म लक्ष्यित हुनेछ। सबै साथीहरु समेट्दै युएईमा महासंघलाई अझ संगठित पार्ने दिशामा मेरो पहल सधैँ हुनेछ।'

प्रकाशित: १६ पुस २०७३ ०८:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App