७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘जनयुद्ध दिवस’ मनाउन संसद स्थगित

सुर्खेत - कर्णाली प्रदेशसभाको बिहीबारका लागि तय गरिएको संसद बैठक स्थगित भएको छ। नेकपाका सांसद ‘जनयुद्ध दिवस’का कार्यक्रममा सहभागी हुने भएपछि संसद बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो। सभामुख राजबहादुर शाहीले बैठक सञ्चालनका लागि कोरम नपुग्ने देखिएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकबाट संसद बैठक स्थगित गर्ने निर्णय गरिएको बताए।

‘बैठक सञ्चालनका लागि कोरम नपुग्ने देखियो, सरकारले पनि बिहीबारका लागि तय  गरिएको बैठक स्थगित गर्न अनुरोध ग¥यो,’ सभामुख शाहीले भने, ‘त्यहीँ भएर शनिबारसम्मका लागि बैठक स्थगित गरेका हौं।’

स्रोतका अनुसार नेकपाको केन्द्रीय कमिटीले जनयुद्ध दिवसलाई विविध कार्यक्रम गरेर मनाउन निर्देशन जारी गरे अनुसार विभिन्न ठाउँमा हुने जनयुद्ध दिवसका कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले संसद बैठक स्थगित गरिएको हो। ४० सदस्यीय कर्णाली प्रदेशसभामा ३३ जना नेकपाका सांसद छन्।

प्रकाशित: १ फाल्गुन २०७६ ०५:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App