१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

लिभरपुल घरेलु मैदानमा सिटीसँग भिड्दै

लन्डन(एएफपी)– शनिबार राति इंग्लिस प्रिमियर लिगअन्तर्गत हुने महत्वपूर्ण भिडन्तमा दोस्रो स्थानमा रहेको लिभरपुलले घरेलु मैदान एनफिल्डमा शनिबार तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको आतिथ्यता गर्दैछ।

दुवै टोली जित हात पार्दै शीर्ष टोली चेल्सीसँगको अंक दूरी घटाउने दाउमा हुनेछन्। शीर्ष टोली चेल्सीको ४६ अंक छ भने दोस्रो स्थानको लिभरपुलको ३९ र तेस्रो स्थानको सिटीको ३८ अंक छ।

शनिबार नै हुने अर्को खेलमा चेल्सीले घरेलु मैदानमा स्टोक सिटीको सामना गर्दैछ । पछिल्ला १२ खेलमा लगातार जित हात पारेको एन्टोनियो कोन्टेको टोली स्टोकविरुद्ध जित हात पार्दै सन् २००२ मा आर्सनलले यस अघि राखेको १४ खेलको अपराजित यात्रालाई भेट्टाउने दाउमा हुनेछ।

बर्नमाउथविरुद्ध २ गोल गरेका पेर्डो रोड्रिग्वेज भने निलम्बनका कारण स्टोकविरुद्धको खेलमा हुने छैनन् तर निलम्बनमा परेका चेल्सीका उच्च गोलकर्ता डिएगो कोस्टा र मिडफिल्डर कान्टेले भने यस खेलमा पुनरागमन गर्नेछन्।

                  

                                                   

प्रकाशित: १६ पुस २०७३ ०८:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App