६ वैशाख २०८१ बिहीबार
कला

टुबोर्ग र्‍यापस्टारमा अर्तनादको ‘लडिराछ

काठमाडौं – र्‍यापर अर्तनादको ‘लडिराछु’ बोलको गीत रेडियो नागरिकको युट्युब च्यानलमार्फत सञ्चालित टुबोर्ग र्‍यापस्टारमा सार्वजनिक भएको छ। र्‍याप संगीत र र्‍यापरहरूलाई प्रोत्साहन गर्न गत पुस १८ देखि सुरु भएको र्‍यापस्टारमा उनको गीत राखिएको थियो। उनी र्‍यापस्टारको दोस्रो विजेता हुन्। भक्तपुर निवासी उनी १४ वर्षको उमेरदेखि र्‍याप संगीतमा लागेका थिए। ‘मेरो नाम अर्तनाद अर्थ भित्री आवाज हो। समाजमा देखेको र भोगेको अनुभवलाई र्‍यापमार्फत प्रस्तुत गर्छ। यो गीतमा समाजले राख्ने आशा र त्यसले दिएको पीडाको भाव व्यक्त गरेको छ,’ उनले भने।

र्‍याप संगीतमा ईच्छुकहरूले रेडियो नागरिकले प्रत्येक महिना निर्माण गरेर युट्युब च्यानलमा रिलिज गरेको बिटमा गीत रेकर्ड गरेर सहभागी हुनसक्छन्। मानस घले, सुरजविक्रम थापा र सुजन जोशीलगायत नेपाली र्‍याप संगीतमा सक्रिय कलाकारहरूको निर्णायक टोलीले सहभागीहरूबाट प्राप्त गीत छनोट गरिरहेका छन्। यस सोमा विजयी र्‍यापरहरूको सांगीतिक प्रस्तुतिसहित अग्रज कलाकारबाट संगीत सिक्ने र म्युजिक भिडियो बनाउनसम्मका अवसर पाउनेछन्। नेपाल रिपब्लिक मिडियाको नागरिक नेटवर्कसँग सहकार्य गरेर सञ्चालित र्‍यापस्टारमा राख्ने १८ देखि ३५ सम्मका र्‍याप संगीतमा रुचि राख्नेहरू सहभागी हुनसक्छन्।

‘संगीतप्रेमीहरूका लागि विशेष गर्न हामी उत्सुक छौं। र्‍याप संगीत संसारभर चर्चित भएकाले प्रतिभाशाली र्‍यापरहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्न हामीले टुबोर्ग र्‍यापस्टार सञ्चालन गरेका हौं। रेडियो नागरिकसँग सहकार्य गरेर प्रतिभा खोज्न लागिपरेका छौं,’गोर्खा ब्रुअरीका बजार प्रमुख बैभव शर्माले भने।

प्रकाशित: १ फाल्गुन २०७६ ०३:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App