बाटाे नहुँदा खाधान्न अभाव

सिस्नु र कन्दमूल पनि सकियो

बिहिबार, ०१ फागुन २०७६, ०८ : ३६ जगत खड्का

बझाङ – घरमा एक मुठी अन्न छैन, भएको सबै अन्नपात सकियो। ३ महिनादेखि गाउँमा एक मुठी अन्न भित्रिएको छैन। बिहानको छाक के खाएर काट्ने भन्ने चिन्ताले रातो दिन सताएको साइपाल गाउँपालिका–५ का स्थानीय रामबहादुर बोहराको भनाइ छ।

‘खेतीबाट उब्जिएको अन्नले दुई महिना खान पुग्दैन, सधैं किनेर खाने गरेको छु,’ उनले भने, ‘मंसिर २८ पछि लगातार ७ पटक हिमपात भएकाले बाटोभरि चार फिटभन्दा बढी हिउँ जमेको छ। खच्चड, भेडा र मान्छेले खाद्यान्न ढुवानी गर्न अझै दुई महिनायता सम्भव छैन। खान नपाएर अब भोकभोकै मरिने भइयो।’

‘भोकभोकै कति दिन बस्ने, सास अड्याउन केही न केही त खानै प-यो, खेतबारीमा उम्रेको सिस्नो, आलु, कन्दमूल खाँदै जेनतेन बाँचेका छौं, त्यो पनि सकियो। राज्यले हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गर्छ कि भन्ने आसले आकास हेर्दाहेर्दै आँखा थाकिसके, हामी गाउँवासी पुरै हिउँको जेलमा रहेका छौं,’ जगेराका जगत रोकायाले पीडा पोखे। उनले गाउँमा चिसोले गर्दा भोकसँगै विभिन्न रोगले महिला, बालबालिका र वृद्ध्रवृद्धा थलिएको बताए। ‘स्वास्थ्य चौकीमा औषधि अभाव छ। यसरी कति दिन बाँचिएला। अरू नदिए पनि हामीलाई खाद्यान्न सरकारले दिए हुनेथियो। यो वर्ष नसोचेकै हिमपात भयो,’ उनले थपे।

जिल्लाको सबैभन्दा विकट, सडक सञ्जालले पनि नछोएको साइपाल गाउँपालिका–३, ४ र ५ वडाका धुली, बलौडी, जगेरा, काया, न्युना र काँडाका ५ सय परिवारका करिब १५ सयभन्दा बढी सदस्य खाद्यान्न अभावको पीडा झेलिरहेका छन्। यसका लागि राज्यले कुनै पनि चाँसो नदेखाएको भन्दै नागरिक समाजले समेत आपत्ति जनाएको छ। गाउँपालिकाभित्रका ३, ४ र ५ वडामा जाने वैकल्पिक मार्ग छैन। सधैं हिँड्ने बाटोमा हिउँ जमेर मान्छे हिँड्नसमेत मुस्किल हुने भएको छ। खाद्यान्न ढुवानी गर्ने भनेको भेडा र खच्चरबाट हो, त्यो पनि अहिले सम्भव छैन।

आफूले धेरै पटक प्रदेश र केन्द्र सरकारलाई हेलिकोप्टरबाट खाद्यान्न ढुवानीको माग राखे पनि सुनुवाइ नभएको गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए। उनले भने, ‘जनताको सेवा गर्ने हामीलाई जिम्मेवारी दिइएको छ, तर चाहेर पनि सेवा गर्न सकिएन। गाउँमा खाद्य डिपो र ननुको डिपो राख्ने काम पनि सफल भएन। नसोचेको मौसममा हिउँ परेकाले विकटका वडामा खाद्यान्न सञ्चित गर्न सकिएन।’





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad