७ वैशाख २०८१ शुक्रबार
समाज

तस्करीमा संलग्न प्रहरीलाई कारबाही

रौतहट – नेपाल–भारत सीमास्थित प्रहरी युनिटमा कार्यरत दुई प्रहरी चौकी प्रमुखलाई कारबाही गरिएको छ। नेपाल–भारत सीमामा हुने तस्करीमा संलग्न भएको आरोपमा प्रदेश प्रहरीले दुई प्रहरी चौकी इन्चार्जलाई कारबाही गरी प्रदेश प्रहरी कार्यालयमा तानेको छ। मठिया प्रहरी चौकीका इन्चार्ज वीरेन्द्र साह र बन्जरहा प्रहरी चौकीका इन्चार्ज अक्षय साहलाई कारबाहीका लागि प्रदेश प्रहरी कार्यालयमा तानिएको हो।

रौतहटको मठिया प्रहरी चौकीनजिकै तस्करी गरी ७० बोरा मटर पक्राउ जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको थियो। सो घटनामा उनीहरूको संलग्नता रहेको पाइएको छ। यसै गरी प्रहरी चौकीका कार्यरत सबै प्रहरीको पनि तस्करीमा संलग्नता भएको हुनसक्ने भन्दै दुवै चौकीका सम्पूर्ण प्रहरीलाई जिल्ला प्रहरी कार्यालय रौतहट सरुवा गरिएको छ। दुवै चौकीमा नयाँ कमान्डरसहित सम्पूर्ण युनिट नै फेरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविराज खड्काले जानकारी गराए।

एसपी खड्काले बन्जरहा प्रहरी चौकीको इन्चार्जमा सई सुरेश गुप्ता र मठिया प्रहरी चौकीको इन्चार्जमा गोविन्द यादवलाई खटाएको जानकारी गराएका छन्। प्रहरीको आचरणविरुद्ध हुने कुनै पनि गतिविधि आफूलाई सह्य नहुने बताउँदै एसपी खड्काले प्रहरीको मान बढाउने काम गर्न सबैलाई निर्देशन दिएका छन्।

प्रकाशित: १ फाल्गुन २०७६ ०२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App