coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नेपालय ब्वाइज र गर्ल्स दुवैमा च्याम्पियन

काठमाडौं – नेपालयले दोस्रो लिबर्टी कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपालय ब्वाइज र गर्ल्स दुवैमा च्याम्पियन बन्यो।

लिबर्टी स्कुलको आयोजनामा अत्तरखेलस्थित शिवपुरी खेलमैदानमा भएको प्रतियोगिताको ब्वाइज फाइनलमा नेपाललयले भेनस पब्लिकलाई २–१ गोलले पराजित गर्‍यो। नेपालयका सरोज कार्की र पासाङ थिङले गोल गरे। भेनसका आयुश मगरले १ गोल फर्काए। गर्ल्सको उपाधि भिडन्तमा नेपालयले गोकर्ण लाइटलाई १–० गोलले हरायो। एलिसा तामाङले निर्णायक गोल गरिन्।

ब्वाइजमा जीवन ताराले आयोजक लिबर्टीलाई ५–१ ले पन्छाउँदै तेस्रो भयो। गर्ल्सतर्फ तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा लिबर्टीले जीवन तारालाई ५–१ गोलले निराश पार्‍यो। ब्वाइज/ गर्ल्स दुवैमा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः २०, १० र ५ हजार नगद पुरस्कार हात पारे। ब्वाइजमा मनीष मगर तथा गर्ल्समा एलिसा तामाङ उत्कृष्ट खेलाडी घोषित भए। उत्कृष्टद्वय नेपालयका हुन्। ब्वाइजमा सहयोगी तथा गल्र्समा छहारीले अनुशासित टोलीको उपाधि हात पारे।

विजेतालाई सांसद् कृष्णबहादुर राई, लिबर्टीका प्रिन्सिपल ओमप्रसाद ढकाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। पाँचदिने प्रतियोगिताको ब्वाइजमा २७ र गर्ल्समा १४ टोलीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: १ फाल्गुन २०७६ ०१:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App