बसाइँ सर्ने तयारीमा खरिपाटीवासी

बिहिबार, ०१ फागुन २०७६, ०७ : २१ कृष्ण किसी

भक्तपुर – सरकारले चीनबाट उद्धार गरी फर्काइएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्ने भएपछि नोवल कोरोना भाइरस संक्रमणको त्रासले स्थानीय बसाइँसराइको तयारीमा जुटेका छन्। चीनको हुबेई प्रान्तको वुहानबाट एक सय ८० भन्दा बढी नेपालीलाई स्वदेश ल्याई खरिपाटीस्थित विद्युत् तालिम केन्द्रलगायत स्थानमा क्वारेन्टाइनमा राख्ने भएपछि रोग सर्ने डरले बसाइँ सर्न लागेको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार डेरामा बस्ने धेरै परिवार डेरा छाडेर सरिसकेका छन्। उद्धार गरिएका नेपाली त्यहाँ राख्न ल्याउने निश्चित भएसँगै उनीहरू क्वारेन्टाइनमा राखिएकाहरू घर फर्किएपछि मात्रै फर्किने भन्दै गाउँतिर फर्किएका हुन्। स्थानीय लक्ष्मण काफ्लेले घर भएकाहरूसमेत बसाइँसराइको योजनामा रहेका बताउँछन्। ‘हामी पनि बसाइँ सर्न चाहन्छौं तर डेरामा बसेकालाई जस्तो सजिलो भने छैन,’ उनले भने, ‘गाईबस्तु पनि छन्, तिनलाई कहाँ राख्ने भन्ने चिन्ता छ।’

क्वारेन्टाइन राख्ने भनिएको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित विद्युत् तालिम केन्द्र आसपास सयभन्दा बढी घर छन्। सरकारले साता दिनअघिबाटै प्रहरी टोली खटाएर उद्धार गरिएकालाई त्यहीं राख्ने तयारी गरिरहेको छ। यसकारण अहिले त्यो विद्युत् तालिम केन्द्रको गेटदेखि नै प्रहरी राख्ने व्यवस्था गरिएको छ। तालिम केन्द्रको गेटैअघि पसल थापेर बसेकी कृष्णमाया थापामगरले एक सातादेखि दैनिक विरोध प्रदर्शन हुँदै आए पनि सरकारले सुनुवाइ नगरेको भन्दै दुखेसो पोखिन्। ‘हामीजस्ता आवाजविहीनको आवाज कसले पो सुन्छ र यो देशमा ?’ उनले भनिन्, ‘यसो भएपछि बसाइँसराइ गरेर जानुको विकल्प नै के भयो र ?

राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापाले उपभोक्ताको अधिकारमाथि जबर्जस्ती गर्नु उचित नभएको प्रतिक्रिया दिए। चीनबाट फर्काएकालाई बस्ती नभएको ठाउँंमा राख्न स्थानीयले बारम्बार सरकारलाई सुझाए पनि बेवास्ता हुनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी उनले गरे। स्थानीयलाई यसबारे विस्तृत रूपमा बुझाउन सकेको भए पनि त्रासको स्थिति नबन्ने भन्दै उनले त्यसबारे पनि कुनै चासो नदेखाई जबर्जस्ती सुरक्षाकर्मी खटाएर सरकारले जनभावनाको उपेक्षा गरेको आरोप लगाए।

बस्तीका बीचमा रहेको यो ठाउँंलाई क्वारेन्टाइन नबनाउन स्थानीयका साथै नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी लगायतले निरन्तर विरोध जनाइरहेका छन्। उनीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई पठाउन भन्दै छुट्टाछुट्टै रूपमा ज्ञापनपत्र पनि बुझाइरहेका छन्। यता सतारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट स्थानीय निकायमा विजयी चाँंगुनारायण नगरपालिकाका जनप्रतिनिधिहरूले पनि त्यसको विरोध गरिरहेका छन्।





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad