८ वैशाख २०८१ शनिबार
कला

ज्योती मगर र दुर्गेश थापाको विरोध

खोटाङ– खोटाङको दिक्तेलबजारमा सञ्चालन गर्न लागिएको प्रथम दिक्तेल महोत्सवमा गायिका ज्योती मगर र गायक दुर्गेश थापालाई ल्याउने लागिएको भन्दै प्रगतीशिल लेखक संघले विरोध जनाएको छ। ‘प्रथम खोटाङ दिक्तेल महोत्सव, हामी सबैको उत्सव, आर्थिक संमृद्धिको आधार, व्यवसाय प्रवद्र्धनको पुर्वाधार’ भन्ने नारासहित आगामी फागुन २ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने महोत्सवमा गायीका मगर र गायक थापालाई सांगीतिक प्रस्तुतीका लागि ल्याउन लागेको भन्दै प्रलेसले विरोध जनाएको हो।

गायिका मगर र गायक थापाको प्रस्तुतीले समाजलाई विकृति र बिसंगतीतर्फ धकेल्ने भएकाले उनीहरुको आगमन र प्रस्तुतीलाई रोक्नका लागि माग गर्दै प्रगतीशिल लेखक संघले बुधबार उद्योग बाणिज्य संघलाई ज्ञापनपत्र बुझाएको छ। संघले महोत्सवमा खोटाङका कलारकारलाई प्राथमिकतामा राख्न, साहित्यीक र चेतनामुलक कार्यक्रम थप गर्न बाणिज्य संघ समक्ष माग गरेको छ।

प्रकाशित: २९ माघ २०७६ १३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App