७ वैशाख २०८१ शुक्रबार
राजनीति

चीनबाट संक्रमितलाई ल्याउने होइन डराउनु पर्दैन : सरकार

भक्तपुर- स्वास्थ्य मन्त्रालयको प्रतिनिधिमण्डल बुधबार क्वारेन्टाइन राख्ने भनिएको विद्युत प्राधीकरण नजिककैको चाँंगुनारायण नगरपालिकाको कार्यालयमा आई डर नम्मान आग्रह गरेका छन्।

चाँंगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रको अध्यक्षतामा भएको अभिमुखीकरण नाम दिइएको कार्यक्रममा सरकारी अधिकारीहरुले संक्रमितलाई नभई चीनमा रहेका नेपालीलाई ल्याउने भएकोले डराउनुपर्ने कारण नभएको बताएका थिए।

स्वास्थ्य सेवा विभागका डा. फणिन्द्र बराल, ड. बासुदेव पाण्डेलगायतको सरकारी अधिकारीको टोलीसहितको अभिमुखीकरणमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, भक्तपुरका एसपी सविन प्रधानलगायत चाँंगुनारायण नगरपालिकाका वडा अध्यक्षहरु सहभागी रहेका थिए। कार्यक्रममा अध्यक्ष एवं चाँंगुनारायण नगरपालिकाका मेयर सोम मिश्रले आफ्नो क्षेत्रमा क्वारेन्टाइन राख्नेबारे केन्द्र सरकारले स्थानीय सरकारलाई जानकारी नै नगराई जवरजस्ती निर्देशन लादेको भन्दै यसलाई कार्यक्रम गरेपछि फोहोर फाल्ने जिम्मेवारी दिएजस्तो भएको टिप्पणी गरेका थिए।

यसअघि यहाँं पुगेको सरकारी टोलीले भक्तपुर नगरपालिका कार्यालय पुगी त्यहाँं पनि यसबारे छलफल गरेको थियो। कार्यक्रममा नगरप्रमुख सुनिल प्रजापतिले बस्तीबीचमा रहेको यो क्षेत्रलाई क्वारेन्टाइन बनाउन उपयुक्त नभएको बताएका थिए।

 

प्रकाशित: २९ माघ २०७६ १२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App