७ वैशाख २०८१ शुक्रबार
समाज

सेनाको ट्रक पल्टँदा एक सैनिकको मृत्यु, ६ घाइते

दाङ- नेपाली सेनाको ट्रक पल्टँदा सल्यानमा एक सैनिकको मृत्यु भएको। ६ जना घाइते भएका छन्। हतियार तथा बन्दोबस्तीका सामान लिएर सल्यानबाट तुलसीपुर तर्फ आउँदै गरेको लु १ ब १२३ नम्बरको ट्रक सल्यानको कपुरकोट नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि नेपाली सेनाका जमदार यादवप्रसाद घरेलको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि घाइते भएकाहरुलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको छ। प्रहरीका अनुसार सेनाको उक्त ट्रक सडकदेखि झण्डै तीन सय फिट तल खोल्सामा खसेको छ।

 

प्रकाशित: २९ माघ २०७६ १२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App